खानेपानी सुरक्षा समुह गठन गर्दै विदुर खानेपानी उपभोक्ता संस्था

विदुर खबर २०८० चैत २९ गते २०:२१

नुवाकोट । विदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले विदुर नगरपालिकाको वडा नम्बर १ बान्द्रेमा खानेपानी सुरक्षा समुह गठन गरेको छ ।

Advertisement

बिहिबार खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष तथा पदाधिकारीहरुले स्थानिय महिलाहरुसँग छलmफल गरेर खानेपानीको पाइपको सुरक्षा, मिटरको दुरुपयोग हुन नदिन खानेपानी सुरक्षा समुह गठन गरेको हो ।

छलफलले रिता थपलियाको नेतृत्वमा ७ सदस्यीय बान्द्रे टोल खानेपानी सुरक्षा समुह गठन गरेको हो । समितिको उपाध्यक्षमा सिता पुडासैनी चयन भएकी छिन् भने सचिवमा मञ्जु श्रेष्ठ र कोषाध्यक्षमा पार्वती न्यौपाने चयन भएकी छिन् ।

Advertisement

यस्तै सदस्यहरुमा राजाराम अधिकारी, कृष्ण लामिछाने र मुरली प्रसाद थपलिया रहेका छन् । गठन गरिएको सुरक्षा समितिले आफ्नो समुदायमा रहेको पानीको पाइपको संरक्षण गर्ने तथा पानीको अनावश्यक प्रयोग हुन रोक्ने विदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष संजीव श्रेष्ठले जानकारी दिए ।

उनले पहिलो चरणमा बान्द्रबाट खानेपानी सुरक्षा समुह गठन गरिएको बताए । विस्तारै अन्य स्थानमा पनि खानेपानी सुरक्षा समुह गठन गर्ने तयारी गरेका छौ श्रेष्ठले विदुर खवरसँग भने ।

Advertisement

विदुर खानेपानी उपभोत्ता संस्थाले विदुर नगरपालिकाको वडा नम्बर– १, २, ४, ५, ६, ८ र ९ को सातैवटा वडाको चार हजार पाँच सय घरधुरीका २५ हजार जनसङ्ख्यालाई खानेपानी सेवा पु¥याउँदै आइरहेको छ

कार्यक्रममा विभिन्न सरोकारवाला निकायहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया