तराईमा पाइने अपहेलित करी पत्ताको महत्व

विदुर खबर २०७९ मंसिर २५ गते १३:१६

नुवाकोट । मधेशमा जतततै पाइने करी पत्त्ताको प्रयोग भने गर्न भने मधेशले जानेको छैन कि क्या हो ? यो पात त खेरा गएको छ ।“करी पत्ता पनि खाने हो र”? धेरैले भन्छन केही दिन अघी करी पत्ताको छोप बनाएर र यस्को प्रयोग बारे शारदा ज्ञवालीले करी पत्त्ताको परिकार कसरी बनाउने जान्कारी दिदा मलाई यो त सबैले थाहा पाए राम्रो हुन्छ भन्ने भान भयो ।

मेरो थालमा नछुट्ने पत्ता हो, करी पत्ता । यसलाई कतिले मीठा नीम पनि भन्छन् । त्यसो किनपनि भनिएको होला भने, यसमा नीमको पातको गुण हुने तर त्यस्तो तीतो नहुने भएकाले हुनसक्छ ।हुनपनि यो पोषणको भण्डार रहेछ । यसमा रेशादार पदार्थ, क्याल्सियम, फस्फोरस, भिटामिन ए र फोलिक एसिड पनि हुन्छ । यी सबै कुरा एक गर्भवती र सुत्केरीको लागि त अति नै जरुरी नै हुन्छ । यसमा रहेको फोलिक एसिड र फलाम तत्वलाई शरीरमा रगतको मात्र बढाउन र हड्डी बलियो बनाउनपनि मद्धत गर्छ । गर्भवतीलाई दिनमा ३-४ वटा हरियो पत्ता चपाएपनि फाइदा पुग्छ ।

                                                      डा. अरुणा उप्रेती ।

Advertisement

फोलिक एसिडको प्रयोगलेे भु्रणलाई स्वस्थ पार्छ र मेरुदण्ड राम्ररी विकसित न हुने समस्याबाट बच्न मद्धत गर्छ । नेपालमा यस्ता समस्या भएका शिशु कति जन्मिन्छन् भन्ने अनुसन्धान त गरिएको छैन । तर फोलिक एसिडयुक्त भएको भोजन खान नपाएका महिलाबाट जन्मिने शिशुहरुमा यस्तो समस्या हुनसक्ने संभावना अधिक छ ।

करीपत्ताको बारेमा गरिएका विभिन्न अनुसन्धानले करीपत्ताले पाचन प्रणालीमा पनि मद्धत गर्ने कुरा देखाएको छ ।मधुमेह भएकाहरुलाई पनि यसले फाइदा गर्छ । किनभने यसले शरीरिभित्र रहेको हर्माेन ‘इन्सुलिन’को गतिविधिलाई प्रभावित गरेर रगतमा चिनीको मात्रा नियन्त्रण गर्न मद्धत गर्छ ।
अर्को अनुसन्धानले शरीरमा रहेको कलेस्टेरोल नामक बोसोलाई कम गर्न मद्धत गर्ने कुरा देखाएको छ । त्यसको अर्थ हो मुटुको रोगबाट बच्नपनि मद्धत गर्छ । दक्षिण भारतीय र श्रीलकंको भोजनामा प्रयोग गरिनुको साथै इण्डोनेशियामा पनि मसलाको रुपमा यसको प्रयोग गरिन्छ । यसको उद्गम भने भारत उत्तर प्रदेशको हो, त्यहीबाट एशियाभर फैलिएको हो ।
पखाला लागेको बेलामा पनि करी पत्ताको प्रयोग उपयोगी हुन्छ र पातमा रहेको रसायनमा किटाणुसँग लड्ने र संक्रमण कमगर्ने गुण पनि रहेको हुन्छ । यसको लागि करी पत्तालाई पिसेर वा सुकाएर, धूलो बनाएर प्रयोग गर्न सकिन्छ । यसमा रहेको रेशादार पदार्थले कब्जियत कम गराउनपनि मद्धत गर्छ ।
करी पत्ता पेटमा रहेको गडबडीमा सन्चो गर्छ । यसरी पानीमा उमालेर सेवन गर्दा वीरे नुन पनि हाल्न सकिन्छ । संक्रमण, लुतो, डण्डीफोर आदि निको पार्न लागि निम प्रयोग गरिए जस्तै करी पत्ता पनि प्रयोग गर्न सकि्न्छ ।
गर्भवतीलाई हुने वाकवाकि मेट्न यसले सहयोग गर्छ । यसमा रहेको भिटामिन ‘ए’ ले आँखाको स्वास्थयको पनि महत्वपुर्ण भुमिका खेल्न सक्छ तर दुःखको कुरा करी पत्ता बढी पाइने तराईमा नै भिटामनि ‘ए’ को कमिले बालबालिका र गर्भवतीमा आँखाको समस्या देखा पर्छ ।

प्रतिक्रिया