वालुवा झिक्ने क्रममा महादेवफाटमा एकको मृत्यु
नुवाकोट । हाते औजारले वालुवा झिक्ने क्रममा बिहीबार बेलकोटगढी नगरपालिका वडा नम्बर ७ महादेवफाँटमा एक जनाको ज्यान गएको छ ।
मृत्यु हुनेमा सर्लाहीको बाग्मति नगरपालिका वडा नम्बर ७ खसालटोलका बाबु परियार रहेका छन । तर जिल्ला प्रहरी कार्यालय नुवाकोटले भने उनको मृत्यु पौडी खेल्ने क्रममा मृत्यु भएको जनाएको छ । मृतक परियार नुवाकोटमा मजदुरी काम गर्न आएका हुन । घटनाको थप अनुसन्धान भइरहेको नुवाकोटका प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक अबिनारायण काफ्लेले जानकारी दिए । मृतक परियारको शव खोजि भइरहेको प्रहरीले जनाएको छ ।
महादेवफाँटमा हाते औजारको प्रयोग गरि वालुवा उत्खनन ठेकेदार शम्भु सिग्देलको नेतृत्वमा भइरहेको छ । प्रहरीले हाते औजार प्रयोग गरेर वालुवा उत्खनन गर्न प्रतिवन्ध लगाएपछि शम्भु सिग्देल लगायतका ठेकेदारले हाते औजार प्रयोग गरेर वालुवा उत्खनन गर्न पाउनुपर्ने माग गर्दे जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालय नुवाकोट घेराउ गरेका थिए ।केहि महिनाअघि ककनी गाउँपालिकामा पनि वालुवा उत्खनन गर्दा दुई जनाले ज्यान गुमाएका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












करेन्ट लागेर नुवाकोटमा एक जनाको मृत्यु
आज केही ठाउँमा भारी वर्षाको सम्भावना
नुवाकोटको ककनीमा एक महिला मृत फेला
अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि
धादिङको बेनीघाट क्षेत्रमा पहिरो, यातायात अवरुद्ध





प्रतिक्रिया