वालुवा झिक्ने क्रममा महादेवफाटमा एकको मृत्यु
नुवाकोट । हाते औजारले वालुवा झिक्ने क्रममा बिहीबार बेलकोटगढी नगरपालिका वडा नम्बर ७ महादेवफाँटमा एक जनाको ज्यान गएको छ ।
मृत्यु हुनेमा सर्लाहीको बाग्मति नगरपालिका वडा नम्बर ७ खसालटोलका बाबु परियार रहेका छन । तर जिल्ला प्रहरी कार्यालय नुवाकोटले भने उनको मृत्यु पौडी खेल्ने क्रममा मृत्यु भएको जनाएको छ । मृतक परियार नुवाकोटमा मजदुरी काम गर्न आएका हुन । घटनाको थप अनुसन्धान भइरहेको नुवाकोटका प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक अबिनारायण काफ्लेले जानकारी दिए । मृतक परियारको शव खोजि भइरहेको प्रहरीले जनाएको छ ।
महादेवफाँटमा हाते औजारको प्रयोग गरि वालुवा उत्खनन ठेकेदार शम्भु सिग्देलको नेतृत्वमा भइरहेको छ । प्रहरीले हाते औजार प्रयोग गरेर वालुवा उत्खनन गर्न प्रतिवन्ध लगाएपछि शम्भु सिग्देल लगायतका ठेकेदारले हाते औजार प्रयोग गरेर वालुवा उत्खनन गर्न पाउनुपर्ने माग गर्दे जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालय नुवाकोट घेराउ गरेका थिए ।केहि महिनाअघि ककनी गाउँपालिकामा पनि वालुवा उत्खनन गर्दा दुई जनाले ज्यान गुमाएका थिए ।
प्रतिक्रिया