बट्टारमा ईभी माईक्रो र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नं. ४ स्थित बट्टारमा भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ।

सोमबार (कात्तिक २ गते) अपराह्न करिब २:३० बजे बट्टारस्थित भित्री सडक खण्डमा हावाघरबाट संगमचोकतर्फ जाँदै गरेको बा.प्र. ०१-००६ ख ९११२ नम्बरको ईभी माईक्रो र संगमचोकबाट हावाघरतर्फ आउँदै गरेको बा ३८ प ३२४३ नम्बरको स्कुटर एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा परी स्कुटर चालक विदुर नगरपालिका–४, बट्टार बस्ने ४४ वर्षीय नवराज दाहाल गम्भीर घाइते भएका थिए । टाउकोमा गम्भीर चोट लागेका दाहाललाई तत्काल उपचारका लागि चक्रदेव अस्पताल लगिएकोमा थप उपचारका लागि काठमाडौँस्थित ग्राण्डी अस्पताल रिफर गरिएको थियो। उपचारकै क्रममा डाक्टरले साेमवार बेलुका ४:४६ बजे उनलाइ मृत घोषणा गरेका थिए ।
घटनालगत्तै अस्थायी प्रहरी पोस्ट बसपार्कबाट प्रहरी सहायक निरीक्षक रामप्रवेश महतोको कमाण्डमा ट्राफिकसहित ६ जनाको टोली घटनास्थल पुगेको थियो। प्रहरीले ईभी माईक्रो र त्यसका चालक विदुर–१ बस्ने २३ वर्षीय देव तामाङलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको छ।

यसैविच मृतकका परिवारलाई क्षतिपूर्ती र दोषीलाई कारवाहीको माग गर्दै बट्टारका युवा तथा स्थानियहरुले मंगलवार दिनभर सडक अवरुद्ध गरेका छन् । उनीहरुले ईभी माईक्रोको तिव्र गतिको कारण र्दुघटना भएको आरोप लगाउँदै तत्काल ईभी चालक तामाङलाई कारवाही र मृतकका परिवारलाई क्षतिपूर्तीको माग गर्दै दिनभर विदुर बट्टार लगायतका स्थानमा टायर बालेर प्रर्दशन गरेका थिए ।

प्रर्दशनकारीहरुले चाँडबाडको समयमा सडक बन्द गर्नु आफुहरुको वाध्यता रहेको बताउँदै माग सम्बोधन नभएसम्म जिल्लामा ईभी माइक्रो चल्न नदिने बताएका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














त्रिशूली नदी किनारमा शंकास्पद वस्तु नचलाउन प्रहरीको आग्रह
बट्टारमा ईभी माईक्रो र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु
आजको मौसम : बागमतीमा हल्का वर्षाको सम्भावना
स्याङ्जामा ४७ वर्षीय पुरुष मृ*त फेला
आज नवरात्रको सातौं दिन, फूलपाती भित्र्याइँदै





प्रतिक्रिया