नुवाकोट-रसुवा डेढ महिनापछि सिधा सडक सम्पर्कमा
नुवाकोट। भोटेकोशीमा बाढी आएको डेढ महिनापछि रसुवा र नुवाकोट सिधा सडक सम्पर्कमा जोडिएका छन् ।

दुई जिल्ला जोड्ने फलाखु खोलामा बेलिब्रिज जडान गरिएसँगै आइतबारदेखि सवारीसाधन चल्न थालेका छन् ।
नेपाली सेनाको सहयोगमा बेलिब्रिज जडान गरिएको हो । बेलिब्रिज जडानपछि नुवाकोट-रसुवा सवारीसाधन चल्न थालेको गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेंसी-रसुवागढी सडक योजना, विदुरका योजना प्रमुख कृष्णनाथ ओझाले बताए ।
ढुंगे बजारदेखि नुवाकोट-रसुवाको सीमा क्षेत्र बेत्रावतीसम्मको दूरी १० किलोमिटर छ । भदौ १० को बाढीले पुल र सडक बगाउँदा दुई जिल्लाबीचको सडक सम्पर्क टुटेको थियो ।

ओझाका अनुसार फलाखु खोलामा ७३ मिटर लामो बेलिब्रिज जडान गरिएको हो । स्याफ्रुबेंसीमा पनि बेलिब्रिज जडानको तयारी थालिसकिएको उनले बताए ।
स्याफ्रुबेंसीमा पुलको फाउन्डेसन निर्माणका लागि खोलाको दुवैतर्फ एप्रोच रोड तयार भएको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले बताए । अब स्याफ्रुबेंसीमा पुल निर्माणको कामले थप गति लिने उनको भनाइ छ ।
यसअघि नुवाकोटको उत्तरगया पब्लिक स्कुलनजिकैको ३०० मिटर लामो भिरमा सडकको ट्र्याक खोलेर बेत्रावतीसम्म सडक पुर्याइएको थियो ।
अप्ठ्यारो भिर भएकाले नेपाली सेनाको सहयोगमा विस्फोट गराएर ट्र्याक खोलिएको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नुवाकोट-रसुवा डेढ महिनापछि सिधा सडक सम्पर्कमा
नेपालीको महान पर्व बडादशैं आजबाट सुरु
भोटेकोशी बाढीपीडित नुवाकोटका मोबाइल व्यवसायीलाई ८ लाख २५ हजार सहयोग
गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित
स्थानीय चुनाव लक्षित गर्दै नुवाकोटमा रास्वपाको “हामी आउँदै छौँ” अभियान सुरु





प्रतिक्रिया