शिक्षामा समान अवसरको आग्रहसहित सन्तोषी ढुंगानाको न्यानो कपडा वितरण अभियान
नुवाकाेट । बेलकोटगढी नगरपालिकाका तीन विद्यालयमा अध्ययनरत ६ सयभन्दा बढी विद्यार्थीलाई सन्तोषी ढुंगानाले न्यानो कपडा उपलब्ध गराउनुभएको छ।

करुणाकर आधारभूत विद्यालय, महामाया माध्यमिक विद्यालय र महादेव माध्यमिक विद्यालयमा अलगअलग कार्यक्रम गरी कपडा वितरण गरिएको हो।

विद्यार्थीहरूसँगको भेटमा ढुंगानाले शिक्षामा पहुँचसँगै समान अवसरको सुनिश्चितता आवश्यक रहेको बताउनुभयो। पारिवारिक आर्थिक अवस्था वा सामाजिक पृष्ठभूमिका कारण बालबालिकाले विभेद भोग्न नहुने भन्दै उहाँले विद्यालयलाई सबैका लागि सुरक्षित र सम्मानजनक सिकाइस्थल बनाउन आग्रह गर्नुभयो।
विद्यालयको वातावरण दलीय राजनीतिक प्रभावबाट मुक्त हुनुपर्नेमा पनि उहाँको जोड थियो। विद्यार्थीको अधिकार, आवश्यकताअनुसार छात्रवृत्ति र टाढाबाट आउने बालबालिकाका लागि यातायात सुविधालाई प्राथमिकतामा राख्नुपर्ने धारणा उहाँले व्यक्त गर्नुभयो। कपडा वितरण अभियान सामाजिक सहयोगमा केन्द्रित रहेको र यसमा कुनै राजनीतिक स्वार्थ नरहेको उहाँले स्पष्ट पार्नुभयो।

विगत एक दशकदेखि व्यक्तिगत तथा सामुदायिक सहयोगमा संलग्न ढुंगानाले यसअघि नुवाकोटका विभिन्न विद्यालयमा कुल १५ लाख रुपैयाँको अक्षयकोष स्थापना गरिसक्नुभएको छ। उहाँले विभिन्न व्यक्ति र समुदायलाई समेत व्यक्तिगत रूपमा सहयोग गर्दै आउनुभएको छ।

बेलकोटगढीका समग्र विषयमा ढुंगानाले नगरप्रमुख जगत लामासँग पनि भेटेर छलफल गर्नुभएको थियो। उक्त भेटमा नगरको अवस्था र विकाससँग सम्बन्धित विषयमा कुराकानी भएको थियो।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














भोटेकोशी बाढीपीडित नुवाकोटका मोबाइल व्यवसायीलाई ८ लाख २५ हजार सहयोग
गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित
स्थानीय चुनाव लक्षित गर्दै नुवाकोटमा रास्वपाको “हामी आउँदै छौँ” अभियान सुरु
शिक्षामा समान अवसरको आग्रहसहित सन्तोषी ढुंगानाको न्यानो कपडा वितरण अभियान
गल्छीमा सडक भासिएपछि मुग्लिन–काठमाडौं सडक पूर्ण रुपमा अवरुद्ध





प्रतिक्रिया