भारी वर्षाको जोखिम: नुवाकोटमा राति सवारी साधन सञ्चालनमा रोक
नुवाकोट ।जल तथा मौसम विज्ञान विभागले भारी वर्षाको पूर्वानुमान गरेपछि जिल्ला प्रशासन कार्यालय नुवाकोटले सम्भावित विपद्बाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रशासनले असोज ८ गतेदेखि ११ गतेसम्म रातिको समयमा अत्यावश्यक बाहेकका अन्य सम्पूर्ण सवारी साधन आवतजावतमा पूर्ण रूपमा रोक लगाएको छ। सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद हुमागाईँद्वारा जारी अपिल अनुसार असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न स्थानमा भारी वर्षा भई भू-क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले जरूरी काम बाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा रहन अनुरोध गरिएको छ।
राति ९ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोकविपद्को जोखिमपूर्ण अवस्थालाई ध्यानमा राख्दै असोज ८ देखि ११ गतेसम्म दैनिक बेलुका ९:०० बजेदेखि बिहान ५:०० बजेसम्म नुवाकोट जिल्ला हुँदै बाहिरिने तथा जिल्ला भित्रिने मुख्य सडकहरूमा सवारी साधन सञ्चालन बन्द गरिएको छ।
यद्यपि एम्बुलेन्स, दमकल, सुरक्षा निकायका सवारी साधन जस्ता अत्यावश्यक सेवाहरू भने निरन्तर सञ्चालन हुनेछन्।
यातायात बन्द गरिएका प्रमुख सडक खण्डहरू:टोखा – छहरे – त्रिशुली सडक पासाङल्हामु राजमार्ग (ठुलोखोला – ककनी – पिपलटार) गल्छी – त्रिशुली – बेत्रावती सडक चौघडा – बाहुनबेशी – सूर्यगढी – लच्याङ सडक पिमल्टार – दर्शिनटार हुँदै कोलनि जोड्ने सडक पुष्पलाल मध्यपहाडी लोकमार्ग नुवाकोट खण्ड (पट्टिभञ्ज्याङ – सामरी भञ्ज्याङसम्म) ढिकुरे – बाहुनबेसी – दुप्चेश्वर – घ्याङफेदी साथै कुटुङसाङ तर्फका सडक मौसमको अवस्था र सडकको परिस्थितिलाई हेरेर जुनसुकै बेला पनि सवारी आगमन रोक्न वा खुलाउन सकिने प्रशासनले जनाएको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














भारी वर्षाको जोखिम: नुवाकोटमा राति सवारी साधन सञ्चालनमा रोक
क्षणभरमै माटोमा मिल्यो जीबन, बस्ति र संरचना
पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
विदुर कांग्रेस सभापतिमा गजुरेलको उम्मेदवारी घोषणा
कांग्रेस विदुर नगर सभापतिमा कार्कीको उम्मेदवारी घोषणा





प्रतिक्रिया