ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
नुवाकोट । विदुर नगरपालिका वडा नं. १ स्थित ढुङ्गे र त्रिशूली बजारलाई जोड्नका लागि बेलिब्रिज निर्माणको प्रक्रिया तीव्र रूपमा अघि बढेको छ।

विदुर नगरपालिकाले परामर्शदातातर्फबाट प्राविधिक अध्ययन र डिजाइन तयार पारिसकेपछि निर्माणको थप प्रक्रिया अघि बढाएको हो।
नगरपालिकाले करिब ७० मिटर लम्बाईको बेलिब्रिज उपलब्ध गराउन सडक विभागलाई गरेको पत्राचारमा विभागबाट सकारात्मक जवाफ प्राप्त भइसकेको छ। साथै, पुल जडानका लागि नेपाली सेनासँग गरिएको आग्रहलाई समेत सेनाले स्वीकार गरेको छ।

पुल जडानमा लाग्ने सम्पूर्ण खर्च र दायित्व विदुर नगरपालिका आफैँले ब्यहोर्ने भएको छ।
यसैक्रममा बेलिब्रिज जडानको थप प्राविधिक तयारी र अध्ययनका लागि नगर प्रमुख राजन श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी, नेपाली सेनाका जर्नेल सुवासजंग थापा, उपप्रमुख प्रभा बोगटी, सडक डिभिजन नुवाकोटका प्रमुख बद्री शर्मा तथा विभिन्न वडाका अध्यक्षहरू र प्राविधिक टोलीले स्थलगत अवलोकन गरेका छन्।

स्थानीयस्तरमा आवतजावतलाई सहज बनाउन र ढुङ्गे–त्रिशूली जोड्ने मोटरेबल पुल निर्माणको लक्ष्य चाँडै पूरा हुनेमा विश्वस्त रहेको नगरपालिकाले जनाएको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त
नुवाकोटका बाढी प्रभावित क्षेत्रमा जसपा नेपालको टोली: राहत र पुनर्स्थापनामा गति दिन माग
त्रिशूलीको कटानले तारुकाघाट र दर्शनटार जोखिममा
ढुङ्गे-त्रिशूली जोड्ने पुल र अस्थायी आवासको माग गर्दै नुवाकोटमा विरोध प्रदर्शन





प्रतिक्रिया