नुवाकोटका बाढी प्रभावित क्षेत्रमा जसपा नेपालको टोली: राहत र पुनर्स्थापनामा गति दिन माग
नुवाकोट । जनता समाजवादी पार्टी (जसपा), नेपालको उच्चस्तरीय टोलीले नुवाकोटका बाढी तथा पहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरी पीडितहरूको अवस्थाबारे जानकारी लिएको छ।

जसपा नेपालका महासचिवद्वय पूर्वमाननीय प्रकाश अधिकारी र डा. सुरेन्द्र झा, सचिव एवं मधेश प्रदेशका पूर्वमन्त्री शैलेन्द्र साह, केन्द्रीय कार्यकारिणी समिति सदस्य वीरेन्द्र प्रधान तथा केन्द्रीय सदस्यहरू रमेश बाबु श्रेष्ठ, रामकृष्ण ढकाल र भुवनेश्वर चौधरीजस्ता शीर्ष नेताहरूसहितको टोलीले प्रभावित क्षेत्रमै पुगेर स्थानीयका समस्या र गुनासा सुनेको हो।
स्थलगत निरीक्षणका क्रममा बाढी-पहिरोपछिको उद्धार, राहत वितरणमा भइरहेको ढिलासुस्ती, पुनर्निर्माणका जटिलता र सरकारी निकायहरूबीच समन्वयको अभावबारे स्थानीय नागरिकले गम्भीर गुनासो पोखेका थिए।

अनुगमनकै क्रममा टोलीले जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्र विक्रम सिंह ठकुरीसँग भेटघाट गरी उद्धार, राहत तथा पुनर्स्थापनाका विषयमा विस्तृत छलफल गरेको छ। भेटमा संघ तथा प्रदेश सरकारका तर्फबाट राहत र पुनर्निर्माणमा भइरहेको ढिलासुस्तीका साथै मौजुदा ऐन-कानुनबीचको दोहोरोपन र बाझिएका प्रावधानले काममा बाधा पुर्याएको विषयमा गम्भीर समीक्षा गरिएको थियो।

छलफलमा विशेष गरी बाढी-पहिरोका कारण आमा-बुबा दुवै गुमाएका बालबालिकाको संरक्षण, शिक्षा र उज्ज्वल भविष्यको पूर्ण जिम्मेवारी राज्यले लिनुपर्ने विषयलाई प्राथमिकताका साथ उठाइएको छ।
अध्ययन टोलीका शीर्ष नेताहरूले स्थलगत रूपमा देखिएका समस्या र पीडित नागरिकका आवाजलाई आगामी सर्वदलीय बैठकमा गम्भीरतापूर्वक उठाउने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, प्रभावित क्षेत्रका समस्या शीघ्र समाधान गर्न सम्बन्धित सरकारी निकायहरूसँग आवश्यक पहल गर्ने प्रतिबद्धता समेत जनाइएको छ।

स्थानीय नागरिक तथा पार्टी प्रतिनिधिहरूले “पीडितको आँसु सुक्नुअघि राज्यको जिम्मेवारी पूरा हुनुपर्ने” र राहतमा ढिलाइ नगरी पुनर्स्थापनाको कामलाई तीव्रता दिनुपर्ने जोडदार माग गरेका छन्।
समस्याको दीर्घकालीन समाधान नभएसम्म पार्टीका तर्फबाट सरकारलाई झकझकाउने क्रम निरन्तर जारी रहने प्रतिबद्धता व्यक्त गरिएको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त
नुवाकोटका बाढी प्रभावित क्षेत्रमा जसपा नेपालको टोली: राहत र पुनर्स्थापनामा गति दिन माग
त्रिशूलीको कटानले तारुकाघाट र दर्शनटार जोखिममा
ढुङ्गे-त्रिशूली जोड्ने पुल र अस्थायी आवासको माग गर्दै नुवाकोटमा विरोध प्रदर्शन





प्रतिक्रिया