बट्टारको क्रियापुत्री भवनलाई वाटर फिल्टर ट्याङ्की हस्तान्तरण
विदुर खबर
२०८३ असोज १ गते १६:२९
नुवाकोट । विदुर नगरपालिका वडा नं. ४, बट्टारस्थित ‘हावा घर क्रियापुत्री कल्याणकारी प्रतिष्ठान’लाई १५०० लिटर क्षमताको वाटर फिल्टर ट्याङ्की प्रदान गरिएको छ।

इनसाइड हिमालय प्रा. लि. (Waves For Water) ले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त शुद्ध खानेपानी फिल्टर ट्याङ्की उपलब्ध गराएको हो। विदुर नगरपालिका वडा नं. २ का वडा अध्यक्ष दीपक कायस्थको विशेष पहल तथा समन्वयमा प्रतिष्ठानलाई उक्त सहयोग प्राप्त भएको हो।
क्रियापुत्री भवनमा आउने सेवाग्राहीहरूलाई स्वच्छ र शुद्ध खानेपानीको सुविधा पुर्याउने उद्देश्यले फिल्टर ट्याङ्की उपलब्ध गराइएको हो।

सहयोगका लागि हावा घर क्रियापुत्री कल्याणकारी प्रतिष्ठानका अध्यक्ष माेहन खड्काले इनसाइड हिमालय प्रा. लि., सहयोगदाता संस्था WAVES FOR WATER तथा पहलकर्ता वडा अध्यक्ष दीपक कायस्थप्रति धन्यवाद प्रकट गरेका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नुवाकोटमा कांग्रेसको संस्थापनइतर पक्षद्वारा छुट्टै सम्पर्क कार्यालय स्थापना
बट्टारको क्रियापुत्री भवनलाई वाटर फिल्टर ट्याङ्की हस्तान्तरण
विदुरको १८ प्रस्ताव: ‘एक वडा एक स्मार्ट सिटी’ देखि विपद तालिम केन्द्रसम्म जिल्लामा पेश गरिने
अब त्रिशूलीमा लामो र अग्लो मोटरेबल पुल
मुटु भक्कानीने , भोटेकोशी बाढीको त्यो क्षण





प्रतिक्रिया