विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
नुवाकोट । भोटेकोशी तथा त्रिशूली नदीमा आएको भिषण बाढीका कारण मुख्य सडक र पुलहरू क्षतिग्रस्त बनेपछि विदुर नगरपालिकाले ठूलो बजेटको वैकल्पिक मार्ग स्तरोन्नतिका लागि प्रक्रिया अघि बढाएको छ।

बाढीका कारण हाल प्रयोगमा रहेका वैकल्पिक सडकहरू समेत जोखिमपूर्ण, साँघुरो र जिर्ण बनेपछि त्रिशूली पारिका क्षेत्रमा सहज आवतजावत गराउन नगरपालिकाले रु. ५० करोडको नयाँ वैकल्पिक मार्ग छनौट गरी सडक डिभिजन कार्यालय, विदुरमा सिफारिस गरी पठाएको हो।
नगरप्रमुख राजन श्रेष्ठद्वारा हस्ताक्षरित पत्र अनुसार, ‘छत्रेखोलाबाट सिरखाली–रणभुवनेश्वरी–मानद्रेढुङ्गा–गौरीवेशी–कालीखोला–माझीगाउँ–कोलनी–आँगापुटार–तुप्चे–भित्रिनीटार–सिस्नेचौर हुँदै च्याम्पेद्वारा (किस्पाङ)’ जोड्ने सडक स्तरोन्नतिका लागि प्रस्ताव गरिएको छ।
यस योजनाले विदुर नगरपालिकाका वडा नं. १, ३, ६, ७, ८, ९ र १२ गरि कुल ७ वटा वडाहरूलाई प्रत्यक्ष रूपमा समेट्नेछ।
बाढीले पुर्याएको क्षतिपछि सर्वसाधारणले व्यहोर्नुपरेको आवतजावतको सास्तीलाई कम गर्न र त्रिशूली पारिका बस्तीहरूलाई जोड्ने गरी यो बृहत् गुरुयोजना तयार पारिएको नगरप्रमुख श्रेष्ठले जानकारी दिनुभयो।

लागत अनुमानसहित सडक डिभिजन कार्यालयमा पठाइएको यो योजना स्वीकृत भई कार्यान्वयनमा आएपछि यस क्षेत्रको यातायात व्यवस्थामा ठूलो सुधार आउने अपेक्षा गरिएको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने
किस्पाङ गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ





प्रतिक्रिया