देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने

विदुर खबर २०८३ भदौ ३० गते २१:२०
फोटो : एआई ।

नुवाकोट । विदुर नगरपालिकाको वडा नं. ३ र वडा नं. ५ देवीघाट जोड्न त्रिशूली नदीमाथि नयाँ झोलुङ्गे पुल निर्माण हुने भएको छ। पुल निर्माणको काम एक–दुई दिन भित्रै सुरु गर्ने गरी तयारी अन्तिम चरणमा पुगेको छ।

Advertisement

नगरपालिकामार्फत नगरप्रमुख राजन श्रेष्ठ र काडुरि एग्रिकल्चरल एड एसोसिएसन (ब्रिटिश गोर्खाज नेपाल) बीच पुल निर्माण सम्बन्धी द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएसँगै निर्माणको बाटो खुलेको हो।

प्राविधिक सर्वेक्षण अनुसार त्रिशूली नदीमाथि करिब १९० मिटर लम्बाइको झोलुङ्गे पुल निर्माण गरिनेछ।

Advertisement

देवीघाट क्षेत्रमा त्रिशूली नदी वारपार गर्न उपयुक्त पुलको अभावमा स्थानीय बासिन्दा तथा यात्रुहरूले सास्ती व्यहोर्दै आएका थिए। नयाँ पुल निर्माण भएसँगै वडा नं. ३ र ५ का सर्वसाधारणलाई आवतजावतमा सहज हुनुका साथै स्थानीय व्यापार, कृषि तथा देवीघाट धार्मिक क्षेत्रको पर्यटन प्रवर्द्धनमा समेत ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया