विदुरले बाढीपीडित नगरवासीलाई घरभाडाबापत १० हजार दिने
नुवाकोट । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित परिवारलाई नुवाकोटको विदुर नगरपालिकाले घरभाडाबापत १० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ ।

नगर कार्यपालिकाको १३४औं बैठकले विदुर नगरपालिकाभित्र बस्नयोग्य घर नभएका नगरवासीलाई घर भाडामा लिएर बस्न प्रतिपरिवार तत्काललाई १० हजार रुपैयाँका दरले घरभाडा उपलब्ध गराउने निर्णय गरेको हो । त्यस्ता परिवारलाई आवश्यक खाद्यान्न, लत्ताकपडा, किचेन सेट, हाइजिन सेटलगायत सामग्रीसमेत उपलब्ध गराउने निर्णयमा उल्लेख छ ।
नगरपालिकाले कोठा भाडामा लिँदा वा दिँदा प्रचलित भाडादरभन्दा बढी रकम लिएको पाइएमा कानुनअनुसार कारबाही गर्ने चेतावनी दिएको छ ।
त्यस्तै, तीनै तहका सरकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था र दाताहरूको सहयोगमा अस्थायी आवास निर्माण गरी बाढी प्रभावितलाई पुनःस्थापना गर्ने निर्णय पनि गरिएको छ ।
नगरपालिकाले अस्थायी आवास केन्द्र (होल्डिङ सेन्टर) बाहेकका विद्यालयमा पठनपाठन सञ्चालन गर्ने तथा होल्डिङ सेन्टरका रूपमा प्रयोग भइरहेका सामुदायिक र संस्थागत विद्यालयलाई केही दिनभित्र अन्यत्र व्यवस्थापन गरी नियमित विद्यालय सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।

विदुर नगरपालिकाभित्र सञ्चालित होल्डिङ सेन्टरमा अन्य जिल्ला तथा पालिकाका भोटेकोशी बाढीबाट प्रभावित नागरिकलाई राखिएको भए सम्बन्धित जिल्ला तथा पालिकासँग समन्वय गरी व्यवस्थापनका लागि अनुरोध गर्ने निर्णयसमेत नगरपालिकाले गरेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














किस्पाङ बाढीपीडितलाई राहत : मृतक परिवारलाई ३० हजार, घरबारविहीनलाई मासिक ४ हजार
बाढीपीडितलाई २५ हजार र किसानलाई १० हजार दिने बेलकोटगढी नगरपालिकाको निर्णय
भोटेकोशीको बाढीमा अस्ताए खेलप्रेमी खतिवडा
बाढीले नुवाकोटका एघार सहकारीमा क्षति
विदुरले बाढीपीडित नगरवासीलाई घरभाडाबापत १० हजार दिने





प्रतिक्रिया