नुवाकोटमा वडाध्यक्षको सिफारिसमा बाढीपीडितलाई राहत सामग्री वितरण गरिने
नुवाकोट । जिल्ला समन्वय समिति, नुवाकोटस्थित राहत वितरण केन्द्रले बाढीबाट प्रभावित परिवारहरूलाई दैनिक उपभोग्य सामग्री उपलब्ध गराउने भएको छ।

वडाध्यक्षको सिफारिस वा मौखिक जानकारीका आधारमा पीडितहरूले उक्त राहत सामग्री प्राप्त गर्न सक्नेछन्।
नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीद्वारा जारी सूचना अनुसार बाढीबाट प्रत्यक्ष प्रभावित, असहाय, अशक्त तथा कुनै पनि कारणले खानपिन वा दैनिक उपभोग्य सामग्रीको अभाव झेलिरहेका व्यक्तिहरूलाई लक्षित गरी यो व्यवस्था मिलाइएको हो।
प्रजिअ रेग्मीका अनुसार राहत लिन चाहने योग्य व्यक्तिहरूले नुवाकोटको विदुरस्थित जिल्ला समन्वय समितिको हलमा स्थापना गरिएको राहत वितरण केन्द्रबाट सामग्री प्राप्त गर्न सक्नेछन्।

वितरण प्रक्रियालाई व्यवस्थित र सहजीकरण गर्नका लागि स्थानीय तहका वडाध्यक्षहरूको सिफारिस वा प्रत्यक्ष समन्वयलाई मुख्य आधार बनाइएको प्रशासनले जनाएको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नुवाकोटमा वडाध्यक्षको सिफारिसमा बाढीपीडितलाई राहत सामग्री वितरण गरिने
देवीघाटमा तुइन सञ्चालन, स्थानीयलाई राहत
‘बाढीले तारकेश्वरमा बस्ती नै सार्नुपर्ने छ, सरकारले पठाएको चाउचाउले केही हुँदैन’
त्रिशूली–३ ‘ए’को सुरुङभित्र फसेका २ जनाको जीवितै उद्धार
आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै 





प्रतिक्रिया