नुवाकोटमा बिना अनुमति ड्रोन उडाउन रोक

विदुर खबर २०८३ भदौ १८ गते ११:३७
CDO Office nuwakot

नुवाकोट । रसुवागढी नाका हुँदै भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा र नुवाकोट लगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएपछि जिल्ला प्रशासन कार्यालय नुवाकोटले हवाई सुरक्षालाई ध्यानमा राख्दै नयाँ निर्देशन जारी गरेको छ।

Advertisement

बाढी प्रभावित क्षेत्रमा गृहमन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, नेपाली सेना र निजी क्षेत्रको समन्वयमा उद्धार तथा राहतका लागि लगातार हेलिकप्टर उडान भइरहेका छन्। यस्तो संवेदनशीलताका बिच अनुमति बिना ड्रोन उडाउँदा हवाई सुरक्षामा गम्भीर जोखिम आउने प्रशासनको भनाइ छ।

सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद हुमागाईँद्वारा जारी सूचना अनुसार, “मानवरहित हवाई उपकरण (RPA/Drone) उडान सम्बन्धी कार्यविधि, २०७५” बमोजिम पूर्वस्वीकृति नलिई ड्रोन नउडाउन चेतावनी दिइएको छ।

Advertisement

निर्देशन विपरीत अनुमति बिना ड्रोन उडाएको पाइएमा प्रचलित कानुन अनुसार कडा कारबाही गरिने जिल्ला प्रशासन कार्यालयले स्पष्ट पारेको छ।

प्रतिक्रिया