विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण
नुवाकोट । विदुर नगरपालिकाले त्रिशूली अस्पताल नुवाकोटलाई १०० थान ‘न्यानो झोला’ उपलब्ध गराएको छ।

नगरपालिकाले अस्पताललाई वार्षिक रूपमा प्रदान गर्दै आएको स्वास्थ्य सहायता अन्तर्गत चालु आर्थिक वर्षमा पनि सो सहयोग निरन्तरता दिएको हो।
एक कार्यक्रमका बीच विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठले अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका कार्यबाहक अध्यक्ष अञ्जली पाण्डे र निर्देशक डा. राजेन्द्र लामालाई संयुक्त रूपमा न्यानो झोला हस्तान्तरण गरे ।
अस्पतालमा सुत्केरी हुने महिलाहरूका लागि लक्षित सो झोलामा नवजात शिशुका लागि २/२ थान नरम फलाटिनको झोला, भोटो, प्लाष्टिक तथा फलाटिनयुक्त र्यापरसहितको दौरा र सुत्केरीका लागि १ थान गाउन समावेश छ।
सामग्री हस्तान्तरण कार्यक्रममा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामराजा भण्डारीको उपस्थिति रहेको थियो।

नगरपालिकाको यस सहयोगले सुत्केरी आमा र नवजात शिशुलाई चिसोबाट जोगाउन महत्त्वपूर्ण राहत पुग्ने अस्पतालले जनाएको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण
बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै
त्रिशूली सामुदायिक र नेसनल बेथेलद्वारा ऐतिहासिक भैरवी मन्दिर परिसरमा सरसफाइ
रास्वपा नुवाकोटद्वारा ‘मिसन १२ पालिका’को पहिलो चरण सम्पन्न





प्रतिक्रिया