विदुरमा ‘परिवर्तनका लागि युवा नेतृत्व’ विषयक २ दिने प्रशिक्षण सम्पन्न
नुवाकोट । महिला नेतृत्व विकास र सशक्तीकरणलाई प्रवर्धन गर्ने उद्देश्यका साथ नुवाकोटको विदुर-२ मा “परिवर्तनका लागि युवा नेतृत्व” विषयक दुई दिने प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

“नेतृत्व महिलाको, विकास सबैको” भन्ने मूल नाराका साथ आयोजित उक्त कार्यक्रम भाद्र ४ र ५ गते सञ्चालन भएको थियो।
नेपालमा महिला अधिकार, शान्ति निर्माण र समान सहभागिताको क्षेत्रमा काम गर्ने विभिन्न महिला संस्थाहरूको सञ्जालको रूपमा रहेको सङ्कल्प (शान्ति, न्याय र लोकतन्त्रको लागि समावेशी महिला सञ्जाल) ललितपुरको आयोजना, सङ्कल्प बागमती प्रदेशको समन्वय तथा ‘वुमनकाइन्ड वर्ल्डवाइड’ (Womankind Worldwide) को सहयोगमा कार्यक्रम सम्पन्न भएको हो।

उक्त प्रशिक्षण कार्यक्रममा बागमती प्रदेशका नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक र काभ्रे लगायतका जिल्लाबाट ३० जना युवाहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रममा लैङ्गिक अल्पसङ्ख्यक लगायत समाजका विभिन्न क्षेत्रका रहेका युवाहरूको समावेशी उपस्थिति रहेको थियो।

कार्यक्रममा सङ्कल्पकी अध्यक्ष संगीता लामाले मुख्य प्रशिक्षकका रूपमा सहभागीहरूलाई प्रशिक्षण दिनुभएको थियो।

दुई दिनसम्म चलेको उक्त प्रशिक्षणमा युवाहरूमा नेतृत्व क्षमताको विकास, सामाजिक परिवर्तनमा युवा तथा महिलाको भूमिका, समावेशी लोकतन्त्र र न्यायका विषयमा गहन छलफल तथा अन्तरक्रिया गरिएको थियो।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरमा ‘परिवर्तनका लागि युवा नेतृत्व’ विषयक २ दिने प्रशिक्षण सम्पन्न
रसुवाको टिमुरेबाट बहुविवाह मुद्दाका फरार थुनुवा पक्राउ
नाबालिकाको चरित्र हत्या गर्ने नुवाकोटका युवक पक्राउ
देशभर मनसुनी प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना
बञ्चरेडाँडा फोहर व्यवस्थापनसम्बन्धी समस्या समाधान गर्न छलफल





प्रतिक्रिया