नाबालिकाको चरित्र हत्या गर्ने नुवाकोटका युवक पक्राउ

विदुर खबर २०८३ भदौ ५ गते ८:२७

नुवाकोट । सामाजिक सञ्जाल फेसबुकमार्फत नाबालिगको चरित्र हत्या गरेको र रकम समेत माग गरेको अभियोगमा नुवाकोटका एक युवक पक्राउ परेका छन्।

Advertisement

नेपाल प्रहरी प्रधान कार्यालय Cyber Bureau (साइबर ब्यूरो) भोटाहिटीका अनुसार नुवाकोटको शिवपुरी गाउँपालिका वडा नं. ७ बस्ने १९ वर्षीय सुदिप कटुवाललाई पक्राउ गरिएको हो।

कटुवालले फेसबुकमा नाबालिगसँग साथी बनी प्रलोभनमा पारेर अश्लील सामग्री सामाजिक सञ्जालमा पोस्ट गरी चरित्र हत्या गरेको र रकम समेत माग गरेको विषयमा ब्यूरोमा निवेदन परेको थियो।

Advertisement

प्राप्त निवेदनका आधारमा प्राविधिक विश्लेषण र अनुसन्धान गर्दा कटुवालको संलग्नता खुलेपछि ब्यूरोको टोलीले उनलाई भाद्र ३ गते पक्राउ गरेको हो।

पक्राउ परेका उनीमाथि सम्मानित काठमाडौँ जिल्ला अदालतबाट विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा ७ दिनको म्याद थप गरी अनुसन्धान कार्य भइरहेको साइबर ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक दिलीप कुमार गिरीले जानकारी दिएका छन्।

Advertisement

प्रतिक्रिया