नुवाकोटका कटुवाल पक्राउ

विदुर खबर २०८३ भदौ ४ गते २०:४९

नुवाकोट । सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको आरोपमा नुवाकोटका एक युवक पक्राउ परेका छन्

Advertisement

पक्राउ पर्नेमा नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ का १९ वर्षीय सुदीप कटुवाल छन् । उनलाई प्रहरीको केन्द्रीय साइबर ब्यूरोको टोलीले पक्राउ गरेको हो ।

उनले नाबालिकलाई फेसबुकमा साथी बनाएर अश्लिल सामाग्री पोस्ट गरी चरित्र हत्या गरेको आरोप छ ।

Advertisement

कटुवालविरुद्ध साइबर कसुरमा ७ दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको छ ।

प्रतिक्रिया