त्रिशूलीमा रिजालको ४५ औँ दिनको पुण्यतिथिमा शैक्षिक सामग्री वितरण
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ४ बट्टारका स्वर्गिय प्रेमप्रसाद रिजालको ४५ दिनको पुण्यतिथिमा त्रिभुवन त्रिशुली माध्यामिक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।

विद्यालयको २०४१ सालको एस.एल.सी.ब्याचका प्रथम छात्र समेत रहेका स्व. रिजालको स्मृतिमा उनका सहपाठीहरूद्वारा उक्त शैक्षिक सामग्री वितरण गरिएको हो ।

जसअन्र्तगत गरिब तथा जेहेन्दार ७ जना छात्र छात्रलाई शैक्षिक सामाग्री वितरण गरिएको त्रिभुवन त्रिशुली माध्यामिक विद्यालयको २०४१ सालको एस.एल.सी.ब्याचका नविन्द्रमान प्रधानले जानकारी दिए ।

उनले आफ्ना दिवङ्गत सहपाठीको योगदान र स्मृतिलाई जीवन्त राख्न २०४१ सालका एस.एल.सी. सहपाठीहरूले संयुक्त रूपमा यो सामाजिक तथा रचनात्मक कार्य गरेका हुन् ।
कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई पठनपाठनमा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ विभिन्न शैक्षिक सामग्रीहरू हस्तान्तरण गरिएको छ ।

कार्यक्रममा विद्यालयका प्रध्यनाअध्यापक राजेन्द्र दवाडी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शर्मिला श्रेष्ठ तथा स्वर्गिय रिजालकी धर्मपत्नी सिता रिजाल लगायतको उपस्थिति रहेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














त्रिशूलीमा रिजालको ४५ औँ दिनको पुण्यतिथिमा शैक्षिक सामग्री वितरण
बागमती प्रदेशमा एमाले, नेकपा र राप्रपाबीच मन्त्रालयको भागबण्डा टुंगियो
गोसाइँकुण्ड मेला आउने तीर्थयात्रीका लागि खाना शुल्क निर्धारण
तरुण दल नुवाकोटको अध्यक्षमा दिलबहादुर तामाङ
त्रिशुली ढल विस्तारका लागि ७ दिनभित्र अस्थायी संरचना हटाउन विदुर–४ को ताकेता





प्रतिक्रिया