टोखा-छहरे सडकखण्ड राति बन्द हुने

विदुर खबर २०८३ भदौ २ गते ९:५०

नुवाकोट । काठमाडौँ उपत्यका प्रवेश गर्ने मुख्य सडक मार्गको रूपमा रहेको टोखा-छहरे सडक खण्डमा रात्रिकालीन यातायात आवतजावतमा रोक लगाइएको छ।

Advertisement

शिवपुरी गाउँपालिका वडा नं. ८ स्थित घट्टे खाेला क्षेत्रमा लगातारको वर्षाका कारण लेदो र गेग्रानसहित पहिरो आइ सडक बारम्बार अवरुद्ध हुने गरेपछि जिल्ला प्रशासन कार्यालय नुवाकोटले उक्त निर्णय गरेको हो।

सम्भावित जोखिम कम गर्न र सर्वसाधारणको सुरक्षालाई ध्यानमा राख्दै २०८३ भदौ १ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि राति १०:०० बजेदेखि बिहान ०५:०० बजेसम्म सडक पूर्ण रूपमा बन्द रहनेछ।

Advertisement

जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीद्वारा जारी सूचना अनुसार सो अवधिमा एम्बुलेन्स, दमकल र सुरक्षा निकायका सवारी साधन जस्ता अत्यावश्यक सेवालाई भने सञ्चालन हुन दिइनेछ। ती बाहेकका अन्य सम्पूर्ण सार्वजनिक तथा निजी सवारी साधनको आवतजावतमा पूर्ण प्रतिबन्ध लगाइएको छ।

प्रशासनले वर्षाको समयमा अत्यावश्यक काम नपरी घरबाहिर ननिस्कन र रात्रिकालीन यात्रा नगर्न सम्पूर्ण सर्वसाधारण, यातायात व्यवसायी तथा सरोकारवालाहरूमा अनुरोध गरेको छ।

Advertisement

प्रतिक्रिया