शिवपुरीमा मोटरसाइकल दुर्घटना, वडाध्यक्षसहित ३ घाइते

विदुर खबर २०८३ साउन २८ गते १३:२०

नुवाकोट। नुवाकोटको शिवपुरी गाउँपालिका–५ स्थित शेराबगरमा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको छ।

Advertisement

दुर्घटनामा पञ्चकन्या गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष सन्च तामाङसहित तीन जना घाइते भएका छन्। पञ्चकन्या गाउँपालिकाबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र. ०२–००१ ख ५३८३ नम्बरको सरकारी मोटरसाइकल र प्रदेश ३–०३–००१ प नम्बरको अर्को मोटरसाइकल एकापसमा जुध्न पुगेका हुन्।

दुर्घटनामा परेर सरकारी मोटरसाइकलमा सवार पञ्चकन्या–४ का वडाध्यक्ष ६२ वर्षीय सन्च तामाङ, सोही वडाकी ४ वर्षीया बालिका शर्मिला तामाङ र शिवपुरी गाउँपालिकाका सरोज तामाङ घाइते भएका छन्।

Advertisement

घाइतेमध्ये दुई जनाको अवस्था सामान्य रहे पनि वडाध्यक्ष तामाङको खुट्टा दुई ठाउँमा भाँचिएको छ।

घाइतेहरू सबैको हाल शिवपुरी आधारभूत अस्पतालमा प्राथमिक उपचार भइरहेको छ।

Advertisement

प्रतिक्रिया