नुवाकोटमा कांग्रेसको बृहत् राष्ट्रिय भेलाबारे छलफल तथा अन्तरक्रिया सम्पन्न
नुवाकोट । नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाको स्वागत तथा आउँदो साउन २९ गते हुन लागिरहेको ‘नेपाली कांग्रेसको बृहत् राष्ट्रिय भेला’ सम्बन्धी नुवाकोटमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि ध्रुव अधिकारीले विशेष महाधिवेशनसम्बन्धी प्रक्रिया र अन्य विषय कानूनी विवादभन्दा धेरै ठूलो अर्थ बोकेको बताए। उनले भने, “यस प्रक्रियाले कांग्रेसलाई आफ्नो इतिहास सम्झिन, आफ्ना सिद्धान्त पुनःस्थापना गर्न र आफ्नो सामर्थ्य देखाउन सघाउनेछ।” साथै, उनले संस्था र महाधिवेशनका सन्दर्भमा देखिएका भ्रमहरू पन्छाएर अघि बढ्नुपर्नेमा जोड दिए।

आसन ग्रहण तथा मन्तव्यका क्रममा पूर्व सभापति ध्रुव अधिकारी र जिल्ला सचिव श्रीराम श्रेष्ठ लगायतले आ-आफ्नो धारणा राखेका थिए।
नेता श्रीराम श्रेष्ठले “सबैलाई मिलाएर लैजान सक्ने व्यक्ति नै असल नेता हुने” उल्लेख गर्दै लोकतन्त्रको रक्षा अदालतका फैसलाले मात्र नगर्ने स्पष्ट पारे। उनले यसका लागि राजनीतिक परिपक्वता, संस्थागत निष्ठा, आपसी विश्वास र राष्ट्रिय जिम्मेवारीको भावना हुनु अति आवश्यक रहेको बताए।
त्यस्तै, नेपाल किसान महासङ्घका पूर्व केन्द्रीय सदस्य प्रकाश ढुंगाना र जिल्ला सदस्य सुनमाया तामाङ, युवा नेतृ पवित्रा ओझा लगायतले पनि कार्यक्रममा धारणा राखेका थिए।
कार्यक्रममा बोल्दै वक्ताहरूले व्यक्ति क्षणभंगुर भए पनि संस्था स्थायी रहने भन्दै व्यक्तिवादी सोचबाट माथि उठ्नुपर्ने बताए। समायोजन र एकताको प्रक्रियाले नेपाली कांग्रेसको विधान र लोकतान्त्रिक मूल्य-मान्यतालाई अझ मजबुत बनाउने उनीहरूको भनाइ थियो।

कार्यक्रममा पूर्व सभापति ध्रुव अधिकारी, जिल्ला सचिव श्रीराम श्रेष्ठ, नेता बासु सापकोटा, क्षेत्रीय सचिव ध्रुव ढकाल, प्रदेश सभापति गणेशमान तामाङ, प्रदेश सचिव अच्युत रिजाल र महाधिवेशन प्रतिनिधि सुनमाया तामाङ, पबित्रा ओझा, प्रकाश ढुंगाना लगायतका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नुवाकोटमा कांग्रेसको बृहत् राष्ट्रिय भेलाबारे छलफल तथा अन्तरक्रिया सम्पन्न
घ्याङस्वाराको अर्ग्यानिक चियाको मूल्य ६ हजार
देशका केही स्थानमा भारी वर्षाको सम्भावना
प्रवासी नेपाली मञ्च यूएईको अध्यक्षमा नुवाकोटका भण्डारी चयन
देउवाले शंशाक कोइराला नेतृत्वको भेलालाई सम्बोधन गर्ने





प्रतिक्रिया