वेवारिसे अवस्थामा फेला परेका मिजारको वडाध्यक्ष न्यौपानेद्धारा उद्धार
नुवाकोट । नुवाकोटको लिखु गाउँपालिका वडा नम्बर ६, थानसिंफाट घर बताउने ६९ वर्षीय बुद्धि बहादुर मिजारको विदुर नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष लिलानाथ न्यौपानेले उद्धार गरेका छन् ।

विदुर नगरपालिका वडा नम्बर ५ को बाडा चौतारो क्षेत्रमा वेवारिसे अवस्थामा फेला परेका उनलाई वडाध्यक्ष लिलानाथ न्यौपानेको पहल तथा विदुर नगरपालिकाका उप–प्रमुख प्रभा बोगटीको आवस्यक सहजीकरण र प्रहरी चौकी देविघाटको सहयोगमा उद्धार गरि देविघाटस्थित ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानमा सुरक्षित रूपमा राखिएको छ ।
कसैले केही दिए खाने नत्र भोकै बस्नुपर्ने बाध्यताका बीच सडक जीवन बिताउँदै आएका मिजारले अवस्था नाजुक देखेपछि वडाध्यक्ष न्यौपानेले प्रहरीको सहयोग लिएर उनको उद्धार गरेका हुन् ।
उद्धार लगतै मिजारको वडाध्यक्ष न्यौपानेले प्रहरीसहितको सहयोग लिएर उनको त्रिशुली अस्पतालमा स्वास्थ्य परिक्षण गराएका थिए । परिक्षणको क्रममा कुनै सरुवा रोग नदेखिएपछि उनलाई ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानमा राख्न लगिएको थियो ।

वडाध्यक्ष न्यौपानेले परिवार पत्ता लगाएर उनलाई सकेसम्म पुनःस्थापन गर्न प्रयास गर्ने बताए । उनले सडकमा बस्ने र मागेर खाने काम वडाभर आगामी दिनमा सडक मानव उद्धार अभियान सञ्चालन गर्ने बताए ।

त्यस्तै ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानका अध्यक्ष विष्णु नेपालले आफुहरुले अशक्त बृद्धबृद्धाहरुको लागि काम गर्दै आएकोले नयाँ मानिस आश्रममा आउँदा खुशी लाग्ने बताए । उनले आफुहरुसँग अहिले चौकीदार गर्ने मानिस नभएकोले कोही मानिस भागेर जाने समस्या देखिएको बताए ।

यसअघि वडाध्यक्ष न्यौपानेले सडकमा कष्टकर अवस्थामा जीवनयापन गरिरहेका करिव एक दर्जन जेष्ठ नागरिकहरुको उद्धार सम्बन्धित ठाउँमा पठाइसकेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














वेवारिसे अवस्थामा फेला परेका मिजारको वडाध्यक्ष न्यौपानेद्धारा उद्धार
म्यागङ गाउँपालिका सूचना प्रविधि अधिकृत अख्तियारको फन्दामा
चेक, व्यवसाय र न्याय: नेपाली व्यवसायीमाथि बढ्दो अन्याय र कानुनी सुधारको अपरिहार्यता
सिन्धुली कार दुर्घटना, ३ जना सुनकोशी नदीमा बेपत्ता
जर्मनीमा गर्मीले मृत्यु हुनेको संख्या १० हजार नाघ्यो





प्रतिक्रिया