नुवाकोटमा लागू औषध मुद्दाका फरार प्रतिवादी ३ वर्षपछि पक्राउ
नुवाकोट । जिल्ला प्रहरी कार्यालय नुवाकोटले लागू औषध मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा नुवाकोटको बिदुर नगरपालिका वडा नं. ९ बस्ने कृष्ण बहादुर सार्कीका ३५ वर्षीय छोरा सन्तोष सार्की रहेका छन्।
उनलाई नुवाकोट जिल्ला अदालतले मिति २०८२ साल १२ महिना ०९ गते फैसला सुनाउँदै लागू औषध मुद्दामा दोषी ठहर गरेको थियो। अदालतले उनलाई २ महिना कैद र रु. २,०००/- (दुई हजार) जरिवाना तोकेको थियो। फैसला कार्यान्वयनको क्रममा कैद तथा जरिवाना भुक्तान नगरी उनी फरार रहँदै आएका थिए।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले फरार प्रतिवादी सार्कीलाई खोजतलास गर्ने क्रममा मिति २०८३ साल ०४ महिना १४ गते फेला पारी पक्राउ गरेको हो। पक्राउ परेका सार्कीलाई सोही दिन सम्मानित नुवाकोट जिल्ला अदालतमा पेश गरिएको थियो।
अदालतको आदेश अनुसार उनलाई तोकिएको कैद भुक्तानको लागि नुवाकोट कारागार चलान गरिएको जानकारी जिल्ला प्रहरी कार्यालय नुवाकोटका सह-प्रहरी प्रवक्ता तथा सह-सूचना अधिकारी प्रहरी निरीक्षक बीर बहादुर बुढाऐरले प्रेस विज्ञप्ति मार्फत जानकारी दिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोटमा लागू औषध मुद्दाका फरार प्रतिवादी ३ वर्षपछि पक्राउ
प्रधानमन्त्रीले संसदको चरम अपमान गरे : केसी
विदुर खानेपानीद्वारा महसुल बक्यौतामा जरिवाना छुटको घोषणा, समयमा नबुझाए धारा काटिने
अण्डाको मूल्य फेरि बढ्यो
विदुर २ का ६ सय घरधुरीलाई ७० प्रतिशत अनुदानमा विद्युतीय चुलो





प्रतिक्रिया