विदुर खानेपानीद्वारा महसुल बक्यौतामा जरिवाना छुटको घोषणा, समयमा नबुझाए धारा काटिने
नुवाकोट। विदुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले महसुल बक्यौता रहेका उपभोक्ताहरूका लागि जरिवाना छुटको घोषणा गरेको छ।

संस्थाको कार्य समितिको मिति २०८३ असार ३२ गते बसेको बैठकले विविध कारणवश महसुल बुझाउन बाँकी रहेका उपभोक्ताहरूलाई लक्षित गर्दै यो निर्णय गरेको हो।
संस्थाद्वारा जारी सूचना अनुसार, २०८३ श्रावण १५ गतेदेखि २०८३ भाद्र १५ गतेसम्म बाँकी रहेको सम्पूर्ण बक्यौता रकम भुक्तानी गर्ने उपभोक्ताहरूलाई महसुलमा लागेको सम्पूर्ण जरिवाना रकम छुट गरिनेछ।

संस्थाका सचिव रघुनाथ रिमालद्वारा हस्ताक्षरित सूचनामा तोकिएको अवधिभित्र पनि महसुल चुक्ता नगरेमा कडा कदम चालिने चेतावनी दिइएको छ। सूचना अनुसार, तोकिएको समयमा महसुल नबुझाएमा जुनसुकै समयमा उपभोक्ताको धारा कट्टा गर्न सकिनेछ।

साथै, धारा कट्टा गर्ने क्रममा लाग्ने आवश्यक शुल्क संस्थाको नियम अनुसार स्वयं उपभोक्ताले नै व्यहोर्नुपर्ने संस्थाले जनाएको छ।

खानेपानीको सदुपयोग गर्न र संस्थाको स्रोत वृद्धि कार्यमा सहयोग पुर्याउन समेत विदुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले सबै उपभोक्ताहरूमा आग्रह गरेको छ।

- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












प्रधानमन्त्रीले संसदको चरम अपमान गरे : केसी
विदुर खानेपानीद्वारा महसुल बक्यौतामा जरिवाना छुटको घोषणा, समयमा नबुझाए धारा काटिने
अण्डाको मूल्य फेरि बढ्यो
विदुर २ का ६ सय घरधुरीलाई ७० प्रतिशत अनुदानमा विद्युतीय चुलो
अवैध उत्खनन रोक्न गृहमन्त्री गुरुङको कडा निर्देशन





प्रतिक्रिया