विदुर २ का ६ सय घरधुरीलाई ७० प्रतिशत अनुदानमा विद्युतीय चुलो
नुवाकोट । विदुर नगरपालिका वडा नम्बर २ को वडा कार्यालयले वडाभित्र रहेका ६ सय घरधुरीलाई विद्युतीय चुलो वितरण गरेको छ ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्दको सहकार्यमा वडावासीलाई ७० प्रतिशत अनुदानमा विद्युतीय चुलो वितरण गरिएको हो र
दाउरा र ग्यासको खपत घटाएर जलवायु परिवर्तनका असर न्यूनीकरण तथा वातावरण संरक्षणका लागि विद्युतीय चुलो वितरण गरिएको विदुर नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष दिपक कायस्थले बताए । उनले विद्युतीय चुलोको प्रयोगले घरायसी खर्च घट्नुका साथै आयातित इन्धनमा हुने निर्भरता कम गर्ने विश्वास व्यक्त गरे ।

देशको पैसा देशभित्रै राख्ने, वैकल्पिक ऊर्जाको प्रयोगलाई प्रोत्साहन गर्ने तथा नागरिकलाई सहज र किफायती रूपमा खाना पकाउने व्यवस्था उपलब्ध गराउने उद्देश्यले चुलो वितरण गरेको वडाध्यक्ष कायस्थले बताए । वडाध्यक्ष कायस्थले वडाले स्थानीयवासीको आवश्यकता र मागलाई ध्यानमा राख्दै विविध कार्यक्रमहरु संचालन गरिरहने बताए ।
त्यस्तै वडा सदस्य रञ्जन थामामगरले उनले आगामी चरणमा वडाका सबै घरपरिवारसम्म विद्युतीय चुलो पु¥याउने लक्ष्य रहेको जानकारी दिए ।

चुलो प्राप्त गरेका वडावासीहरूले अनुदानमा विद्युतीय चुलो पाउँदा खुसी लागेको प्रतिक्रिया दिएका छन् । उनीहरूले ग्यासको बढ्दो मूल्य र आपूर्तिमा देखिने समस्याका बीच विद्युतीय चुलो घरायसी जीवनका लागि उपयोगी सावित हुने विश्वास व्यक्त गरेका छन् ।

नेपाल सरकारले एलपी ग्यासको आयात घटाउन र स्वदेशी विद्युतको खपत बढाउन स्थानीय तहमार्फत तथा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रजस्ता निकायमार्फत अनुदानमा विद्युतीय चुलो वितरण गर्ने नीति तथा कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नुवाकोटमा कांग्रेसको संस्थापनइतर पक्षद्वारा छुट्टै सम्पर्क कार्यालय स्थापना
बट्टारको क्रियापुत्री भवनलाई वाटर फिल्टर ट्याङ्की हस्तान्तरण
विदुरको १८ प्रस्ताव: ‘एक वडा एक स्मार्ट सिटी’ देखि विपद तालिम केन्द्रसम्म जिल्लामा पेश गरिने
अब त्रिशूलीमा लामो र अग्लो मोटरेबल पुल
मुटु भक्कानीने , भोटेकोशी बाढीको त्यो क्षण





प्रतिक्रिया