नुवाकाेटमा अन्तर विद्यालय कविता प्रतियोगिता सम्पन्न

विदुर खबर २०८३ असार २९ गते २०:५८

नुवाकोट । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) नुवाकोटले ११३ ओैं भानु जयन्तीको अवसरका अन्तर विद्यालय कविता प्रतियोगिता सम्पन्न गरेकाे छ ।

Advertisement

प्रतियोगितामा नुवाकोट ग्लाेरी इङ्गलिस बाेर्डिङ स्कुल सूर्यगढी-५ कि छात्रा सदिक्षा भट्टराई प्रथम, सेइ बाेर्डिङ स्कुल लिखु-५ कि छात्रा राशिका जि. सी. द्वितीय, पायाेनियर बाेर्डिङ स्कुल विदुर-७ तुप्चे कि छात्रा निष्मा रिजाल तृतीय र सुभेनियर बाेर्डिङ स्कुल वट्टारकि सुलक्षणा कंडेलले सान्त्वना स्थान हासिल गर्न सफल भएका छन् ।

कार्यक्रम प्याब्सन नुवाकोटका अध्यक्ष पुरुषाेत्तम अधिकारीकाे अध्यक्षतामा बाल सहित्य सर्जक अनुराधा शर्मा, साहित्य संगम नुवाकोटका अध्यक्ष सुमित्रा सुमी, प्याब्सन नुवाकोटका पदाधिकारीहरु लगायतकाे उपस्थिति रहेकाे थियाे ।

Advertisement

अध्यक्ष अधिकारीले आगामी दिनहरुमा नेपाली साहित्यकाे उथ्थान र विद्यार्थीहरुका अन्तरनिहित प्रतिभा उजागर गर्नका लागि प्याब्सन नुवाकोट र नुवाकोट साहित्य संगम बिच सहकार्य गरिने बताए ।

कार्यक्रम विदुर नगरपालिका वडा नम्बर ९ मा रहेकाे नेशनल बेथेल एकेडेमीमा सञ्चालन भएकाे थियाे ।

Advertisement

प्रतिक्रिया