महिलाहरुलाई जीविकोपार्जनको लागि तालिमसहित निशुल्क कुखुराको चल्ला वितरण
नुवाकोट । आयआर्जनमा सहयोग पु¥याउने उद्देश्यले नुवाकोटको विदुरका महिलाहरुलाई तालिमसहित निःशुल्क कुखुराको चल्ला वितरण गरिएको छ ।

नगर क्षेत्रमा रहेका आर्थिक रूपमा अशक्त महिलालाई व्यवसायमा जोड्दै आयआर्जनमा वृद्धि गराउने उद्देश्यले ३० जना महिलालाई कुखुराको चल्ला सहित दाना खुवाउने भाडो लगायतको प्रविधिको समेत वितरण गरिएको छ ।
सामाजिक रुपान्तरण नेपालको आयोजना तथा टेवा नेपालको आर्थिक सहयोगमा संचालन भएको तालिममा खुकुराको चल्लासहित कखुुरालाई दाना खुवाउने भाडो र प्लाष्टिकको पानी खुवाउने भाडा वितरण गरिएको सामाजिक रुपान्तरण नेपालका सचिव अम्बिका नेपालले जानकारी दिइन् ।
तालिमको समापन कार्यक्रममा बोल्दै विदुर नगरपालिकाकी उपप्रमुख प्रभा बोगटीले सरकारले ल्याएको नितिको कारण महिलाहरुको सम्पतिमाथि अधिकार स्थापित भएको बताइन् । उनले महिलाकै क्षेत्रमा काम गर्ने संघसंस्थाको नितरन्तर प्रयास, खवरदारी र राजनीतिक दलहरुले खेलेको भुमिकाको कारण आज महिलाको अवस्था सहज देखिएको उल्लेख गरिन् ।

उपप्रमुख बोगटीले स्थानिय सरकारको तर्फबाट आफुहरुले ग्रामिण भेगमा बाख्रा पालनदेखि शहरी भुभागमा कौसी खेतीजस्ता कार्यक्रमहरु संचालन गरिरहेको बताइन् ।
कार्यक्रममा विदुर नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष निलमबाबु ढङ्गेलले कुखुरापालन व्यवसायले आयआर्जनमा टेवा पुराउनुका साथै आत्मनिर्भर बन्न सहयोग पुराउने बताए ।

उनले ईच्छाशक्ति भए १० ओटा कुखुराबाट लाखपत्ति बन्न सक्ने बताए ।
यस्तै विदुर नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष लिलानाथ न्यौपानेले महिलाहरुलाई आर्थिक रुपमा शसक्तिकरण गर्नको लागि व्यवसायीक कुखुरापालन तालिमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । वडाध्यक्ष न्यौपानेले व्यवसायिक रुपमा कुखुरा पालेर आत्मनिर्भर बनेमा इज्जत र पैसा दुबै कमाउन सकिने उल्लेख गरे ।

कार्यक्रममा सामाजिक रुपान्तरण नेपालका अध्यक्ष लक्ष्मी प्रधानले मासु र अण्डा उत्पादनका माध्यमबाट महिलालाई आयआर्जनमा सहयोग गर्ने उद्देश्यले कुखुराको चल्ला प्रदान गरिएको बताइन् ।

यसबाट महिलालाई आयआर्जनमा जोडिन सहयोग पुग्ने अपेक्षा गरिएको उनले बताइन् ।
तालिममा सहभागी भएकी कल्पना मिजारले अतिविपन्न परिवारको आयआर्जनमा यस्ता कार्यक्रमले सहयोग पुग्ने बताइन् ।
तालिममा भेटनरी डा. सुदिप कोइरालाले सहभागीहरुलाई प्रशिक्षण दिएका थिए । तालिममा विदुर नगरपालिका वडा नं ४ , ५ र ६ का ३० जनाको सहभागिता रहेको थियो ।

तालिममा समाजसेवी भगवान रानामगर, सन्तोष खनाललगायतको उपस्थिति रहेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












महिलाहरुलाई जीविकोपार्जनको लागि तालिमसहित निशुल्क कुखुराको चल्ला वितरण
नौबिसे–धार्के सडकखण्ड पिच भयो
रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल निर्वाचित
‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए
नुवाकोटमा झुन्डिएको अवस्थामा फेला परेकी सशस्त्र प्रहरीकी जवानकाे मृत्यु





प्रतिक्रिया