जन्मदिनमा बाल आश्रममा सहयोग

विदुर खबर २०८३ जेठ २७ गते १६:४७

नुवाकोट । युवा उद्यमी सन्तोष सरगम अधिकारीले आफ्नो जन्मदिनको अवसरमा अनावश्यक तडकभडक र फजुल खर्च नगरी विदुरमा अवस्थित “आमाको माया छात्रावास” मा खाद्यान्न सहयोग प्रदान गर्दै आश्रित बालबालिकासँग खुसी साटासाट गरेर जन्मदिन मनाएका छन् ।

Advertisement

सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै अधिकारीले छात्रावासमा आश्रित २८ जना बालकका लागि आवश्यक खाद्यान्न सामग्री सहयोग गरेका हुन् । साथै उनले बालबालिकासँग समय बिताउँदै उनीहरूको उज्ज्वल भविष्यको कामना समेत गरे ।

अधिकारीले जन्मदिनलाई केवल व्यक्तिगत उत्सवका रूपमा नभई समाजकाे आवश्यकता भएका वर्गसँग खुसी बाँड्ने अवसरका रूपमा लिनुपर्ने धारणा व्यक्त गरे । उनले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।

Advertisement

छात्रावासका व्यवस्थापक सोम प्रसाद पाण्डेले अधिकारीप्रति धन्यवाद व्यक्त गर्दै यस्ता सहयोग र सद्भावले बालबालिकामा सकारात्मक ऊर्जा थप्ने उल्लेख गरे ।

स्थानीयवासी तथा उपस्थित व्यक्तिहरूले जन्मदिनलाई सामाजिक सेवासँग जोडेर मनाउने अधिकारीको कार्यको प्रशंसा गर्दै यसले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको बताएका छन्। बालबालिकाको अनुहारमा मुस्कान ल्याउँदै मनाइएको यो जन्मदिन सबैका लागि प्रेरणादायी बनेको छ।

Advertisement

उनी व्यावसायिक रूपमा शिवालय सिनेप्लेक्सका सञ्चालक,शिवालय पञ्चेबाजा एण्ड क्याटरिङ सर्भिसका सञ्चालक हुन् ।

प्रतिक्रिया