नुवाकोटका १२ स्थानीय तहमा साढे ३ अर्बको बजेट, कुनलाई कति ? (विवरणसहित)
नुवाकोट । संघीय सरकारले वित्तीय समानीकरण अनुदान अनुसार नुवाकोटका १२ पालिकाहरुका लागि साढे ३ अर्बको हाराहारीमा सरकारी अनुदान प्रदान गरेको छ ।

मन्त्रालयले जारी गरेको वित्तीय समानीकरण अनुदान २०८३।०८४ अनुसार विदुर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ६३ करोड २८ लाख बजेट प्राप्त गरेको छ । संघीय सरकारले दिने विभिन्न् प्रकारका अनुदानलाई जोडेर जम्मा सो रकम पाउने छ ।
यस्तै बेलकोटगढी नगरपालिकाले ४८ करोड ४४ लाख प्राप्त गर्नेछ । अन्य १० पालिकाहरुमा ककनी गाउँपालिकाले ३७ करोड ११ लाख, किस्पाड. गाउँपालिकाले २२ करोड ८१ लाख, तादी गाउँपालिकाले ३१ करोड ९४ लाख,तारकेश्वर गाउँपालिकाले २६ करोड १६ लाख ,दुप्चेश्वर गाउँपालिकाले ३५ करोड ४२ लाख प्राप्त गर्नेछ ।
यस्तै पञ्चकन्याले २९ करोड १ लाख ,म्यागड. गाउँपालिकाले २८ करोड ५२ लाख,लिुख गाउँपालिकाले २६ करोड ४६ लाख,शिवपुरी गाउँपालिकाले ३५ करोड ३६ लाख र सुर्यगढी गाउँपालिकाले २८ करोड ५१ लाख बजेट प्राप्त गर्नेछन् ।
नेपालको संघीय शासन प्रणालीमा गाउँपालिकाले संघीय र प्रदेश सरकारबाट विभिन्न चार प्रकारका अनुदानहरू प्राप्त गर्दछन् भने गाउँपालिका आफैँले पनि स्थानीय कृषक, उद्यमी र विद्यालयहरूलाई लक्षित गरी विभिन्न अनुदान कार्यक्रम सञ्चालन गर्दछ ।


पालिकाले पाउने ४ प्रकारका अनुदानहरुमा वित्तीय समानीकरण अनुदान जसमा गाउँपालिकाको खर्चको आवश्यकता र राजस्वको क्षमताको विश्लेषण गरी तोकिएको सूत्रका आधारमा यो अनुदान प्रदान गरिन्छ। यसको उपयोग गाउँपालिकाले आफ्नो प्राथमिकताअनुसार गर्न सक्छ ।
यस्तै सःशर्त अनुदानमा संघीय वा प्रदेश सरकारले तोकेका खास योजना, नीति र कार्यक्रमहरू जस्तैः शिक्षा, स्वास्थ्यका कर्मचारीको तलब, लक्षित वर्गका कार्यक्रम कार्यान्वयन गर्न यो अनुदान दिइन्छ ।
समपूरक अनुदानमा गाउँपालिकाले प्रस्ताव गरेका ठूला पूर्वाधार वा विकास आयोजनाहरूमा लागत साझेदारी गर्नका लागि संघीय सरकारले समपूरक अनुदान प्रदान गर्दछ ।विशेष अनुदानमा विशेष प्रकृतिको विकास कार्य सञ्चालन गर्न वा पछाडि परेका क्षेत्र तथा समुदायको उत्थानका लागि यो अनुदान दिने गरिएको छ ।
सरकारले प्रदान गर्ने अनुदान गत वर्षभन्दा केही कम देखिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












रास्वपा बागमती प्रदेश अधिवेशन भोलि, सभापतिमा लामिछाने र अर्यालको प्रतिस्पर्धा
रास्वपा रसुवाको सभापतिमा वसन्त भट्ट निर्वाचित
नुवाकोटका १२ स्थानीय तहमा साढे ३ अर्बको बजेट, कुनलाई कति ? (विवरणसहित)
विदुरका एसईई उत्तीर्ण विद्यार्थीलाई निशुल्क कम्प्युटर डिप्लोमा कोर्स
किस्पाङका कृषकहरूलाई ५० प्रतिशत अनुदानमा दुहुनो गाई भैंसी वितरण





प्रतिक्रिया