धादिङका शुशिल ४३ हजार अमेरिकन डलरसहित पक्राउ

विदुर खबर २०८३ जेठ ११ गते १२:५१

नुवाकोट । धादिङका शुशिल गुरुङ ४३ हजार अमेरिकन डलरसहित पक्राउ परेका छन् ।

Advertisement

धादिङको गंगाजमुना गाउँपालिका वडा नम्बर ५ वस्ने गुरुङलाई जिल्ला प्रहरी कार्यालय रसुवाबाट खटेको टोलीले वेत्रावतिबाट पक्राउ गरेको हो ।

आईतवार दिउँसो ४ बजेतिर प्रहरीले नियमित चेकजाँच गर्ने क्रममा ठुलो मात्रामा अमेरिकन डलरसहित उनलाई प्रहरीले पक्राउ गरेको हो ।

Advertisement

काठमाण्डौबाट रसुवाको टिमुरेतर्फ गइरहेको बा.प्र ०१००६ ख ९५१५ नम्बरको यात्रुवाहक वसलाई रोकेर चेकजाँच गर्ने क्रममा सो वसमा ३० भारतिय पर्यटकहरु रहेका थिए । उनीहरुलाई मानसरोवर लैजान गाइडको रुपमा गुरुङ रहेका थिए ।

घटना लगत्तै प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ । घटनाको विषयमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

Advertisement

प्रतिक्रिया