युनाइटेड युथ क्लबको अध्यक्षमा पुन : गिरी
विदुर खबर
२०८३ जेठ १० गते १७:३८
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ४ बट्टार संगमचोकमा रहेको युनाइटेड युथ क्लबको अध्यक्षमा पुन अच्युत महन्तराज गिरी चयन भएका छन् ।

शनिवार भएको क्लबको ३७ औ साधारणसभा तथा अधिवेशनले गिरीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । क्लबको उपाध्यक्षमा रामनाथ थापामगर चयन भएका छन् भने सचिवमा विष्णुप्रसाद भट्ट, सहसचवि टिकाराम विष्ट र कोषाध्यक्षमा अनिता श्रेष्ठ निर्वाचित भएका छन् ।
यस्तै क्लबको सदस्यहरुमा सुरज गिरी, उमेश डंगोल, राज श्रेष्ठ, सुमिना श्रेष्ठ र चिनिमाया थापामगर रहेका छन् ।

अध्यक्षमा पुन निर्वाचित भएसँगै गिरीले आगामी दिनमा क्लबलाई अझै चलायमान बनाउने प्रतिवद्धता व्यत्त गरे । युनाइटेड युथ क्लबले स्थापना कालदेखिनै विभिन्न सामाजिक कामहरु गर्दै आइरहेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नुवाकोटमा कांग्रेसको संस्थापनइतर पक्षद्वारा छुट्टै सम्पर्क कार्यालय स्थापना
बट्टारको क्रियापुत्री भवनलाई वाटर फिल्टर ट्याङ्की हस्तान्तरण
विदुरको १८ प्रस्ताव: ‘एक वडा एक स्मार्ट सिटी’ देखि विपद तालिम केन्द्रसम्म जिल्लामा पेश गरिने
अब त्रिशूलीमा लामो र अग्लो मोटरेबल पुल
मुटु भक्कानीने , भोटेकोशी बाढीको त्यो क्षण





प्रतिक्रिया