नुवाकोट आदर्श बहुमुखी क्याम्पसको जर्नल सार्वजनिक
नुवाकोट । नुवाकोट आदर्श बहुमुखी क्याम्पसद्वारा प्रकाशित जर्नल सार्वजनिक गरिएको छ ।

त्रिभूवन विश्वविद्यालयका पूर्व सहायक डिन सहप्राध्यापक डा. विष्णु खनालले मंगबार जर्नल सार्वजनिक गरेका हुन्। डा. खनालले जर्नल प्रकाशनबाट क्याम्पसको गरिमा बढ्ने बताए । पियर रिभ्यु जर्नल नेपजोनमा दर्ता भएकोले अनलाइनबाट समेत पढ्न सकिने बताइएको छ ।
जर्नलमा डा. कान्छी महर्जन, प्रा. डा. नारायणप्रसाद बेलबासे, अम्बिका सापकोटा, माधबप्रसाद नेपाल, वर्षा लामिछाने, रितु लामिछाने, घनश्याम शर्मा, ममता शर्मा, नारायणमान डंगोल, सुकुमान डंगोल, चक्रवहादुर कार्की, निलकुमारी क्षेत्री, प्रकाश राई, पूर्णवहादुर सडौला, धर्मजंग थापा, पुरुषोत्तम अर्याल, रविराज पुरी, शिला लामा, डा श्रीराम खनाल, सोपप्रसाद निरौला, सरोज बोगटी लगायतका अनुसन्धानमूलक लेखहरु प्रकाशित छन् ।
जर्नल वार्षिक रुपमा प्रकाशन हुँदै आएकोमा अव अर्धवार्षिक रुपमा प्रकाशन हुने क्याम्पस प्रमुख गोविन्दप्रसाद लिम्बुले जानकारी दिए । जर्नलको सम्पादकमा सुकुमान डंगोल र सल्लाहकारमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रीराम श्रेष्ठ रहेका छन । हाल प्रकाशित जर्नल भाग ६ हो ।

जर्नलमा २ सय १४ पृष्ठ रहेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नुवाकोटमा कांग्रेसको संस्थापनइतर पक्षद्वारा छुट्टै सम्पर्क कार्यालय स्थापना
बट्टारको क्रियापुत्री भवनलाई वाटर फिल्टर ट्याङ्की हस्तान्तरण
विदुरको १८ प्रस्ताव: ‘एक वडा एक स्मार्ट सिटी’ देखि विपद तालिम केन्द्रसम्म जिल्लामा पेश गरिने
अब त्रिशूलीमा लामो र अग्लो मोटरेबल पुल
मुटु भक्कानीने , भोटेकोशी बाढीको त्यो क्षण





प्रतिक्रिया