नुवाकोटमा महुली लघुवित्तको वित्तिय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न
नुवाकोट । महुली लघुवित्त वित्तिय संस्था लिमिटेडको हात्तीगौडा शाखा कार्यालयले वित्तीय संस्थामा आवद्ध केन्द्र प्रमुखहरु तथा अभिभावकहरुको उपस्थितिमा एक दिने वित्तीय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न गरेको छ ।

नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ८ हात्तिगौडामा रहेको शाखा कार्यालयको आयोजनामा भएको कार्यक्रममा विशेष गरी कर्जा र बचत सम्बन्धि व्यवसाय योजना, कर्जा सदुपयोगिता, वित्तीय व्यवस्थापन, व्यापार बिस्तार, महिला सचेतना, महिला सशक्तिकरण, लघुबित्तले समाजमा पारेको सकारात्मक भुमिका र बैकिङ सम्बन्धि महत्वपुर्ण जानकारी प्रदान गरिएको थियो ।

कार्यक्रममा महुली लघुवित्त वित्तिय संस्था लिमिटेडका अनुगमन अधिकृत विष्णुदेव चौधरीले लघुवित्तको हालको अवस्था बारे जानकारी गराउँदै कर्जाको सदुपयोग कसरी गर्ने धेरै संस्था बाट कर्जा कारोबार गर्दा पर्ने नकारात्मक असर बारे प्रशिक्षण दिनुका साथै बचत गर्दा हुने फाईदाका बारेमा समेत सहभागीहरुलाई प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा माहुली लघुवित्त वित्तीय संस्था लिमिटेड हात्तिगौडाका शाखा प्रमुख शिवहरि भट्टराईले माहुली लघुवित्तले आफ्ना सदस्यहरुको आर्थिक सशक्तिकरणका लागि निरन्तर यस्ता कार्यक्रम आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा संस्थाका सदस्यहरुले २५ हजार रुपैयाँसम्मको ऋण लिँदा केन्द्रबाटै पाउनुपर्ने माग गरेका थिए । उनीहरुले व्यवसायीक कर्जा लिनेहरुको लागि संस्थाले व्याजमा सहुलियत दिनुपर्ने, सानो कर्जा केन्द्रमानै लगानी हुनुपर्नै तथा विमा रकम सदस्यको मात्रै काट्नुपर्ने नियम लागु गर्न सुझाव दिएका थिए ।
कार्यक्रममा महुली लघुवित्त वित्तिय संस्था लिमिटेडका विभिन्न केन्द्र ४७ जनाभन्दा बढी केन्द्र प्रमुखको उपस्थिति रहेको थियो ।
सप्तरी जिल्लाको महुलीमा केन्द्रिय कार्यालय रहेको महुली लघुवित्तले हालसम्म ६ अर्ब ऋण लगानी गरि २ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ ।

लघुवित्तले अहिले ३४ जिल्लाको ६४ शाखा कार्यालयमार्फत ८२ हजार मानिसहरुलाई सेवा दिइरहेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोटमा महुली लघुवित्तको वित्तिय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न
नुवाकोट मोबाइल व्यवसायी संघको अध्यक्षमा श्रेष्ठ
नुवाकोट क्रसर उद्योग संघको अध्यक्षमा चित्रकार
नुवाकोट बारको अध्यक्षमा घिमिरे
देशभर बदली, वर्षा र हिमपातको सम्भावना





प्रतिक्रिया