नुवाकोट मोबाइल व्यवसायी संघको अध्यक्षमा श्रेष्ठ

विदुर खबर २०८३ वैशाख २७ गते १८:५३

नुवाकोट । नुवाकोट मोबाइल व्यवसायी संघको अध्यक्षमा सरोज श्रेष्ठ निर्वाचित भएका छन् ।

Advertisement

शनिवार बान्द्रेमा आयोजित संघको प्रथम वार्षिक साधारणसभा तथा पहिलो अधिवेशनले श्रेष्ठको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति निर्विरोध रुपमा निर्वाचित गरेको हो ।

संघको उपाध्यक्षमा लोकेश प्रधान निर्वाचित भएका छन् भने सचिवमा सुरेश अर्याल चयन भएका छन् भने कोषाध्यक्षमा विकास न्यौपाने निर्वाचित भएका छन् ।

Advertisement

यस्तै संघको सदस्यहरुमा समिर भुजेल, विरीलाल महतो, शंकर पाठक, सुवास श्रेष्ठ र दिनेश घिमिरे चयन भएका छन् ।
यस्तै अन्य सदस्यहरुमा सकिल खान, मिलन क्षेत्री, राजेन्द्र श्रेष्ठ, रितेश बहादुर श्रेष्ठ, मुन्ना गिरी, मिलन क्षेत्री र अनिश ढकाल र प्रभात गलान रहेका छन् ।

यसअघि अधिवेशनको उद्घाटन गर्दे नेपाल मोवाइल व्यवसायी महासंघका केन्द्रिय सदस्य बद्री कुँवरले व्यवसायिक हकहितको लागि संघमा आवद्ध हुन सबै व्यवसायीहरुलाई आग्रह गरे । व्यवसायीहरुबीच अवस्थ्य प्रतिष्पर्धा देखिएको भन्दै यसले कसैको हित नगर्ने बताए । उनले सरकारले मोवाइल व्यवसायीहरुलाई प्रत्साहन गर्नुपर्ने उल्लेख गरे ।

Advertisement

कार्यक्रममा नेपाल मोवाइल व्यवसायी महासंघ बाग्मति प्रदेश कमिटिका सदस्य रजित अर्यालले व्यवसायीक हतहितको लागि व्यवसायीहरुलाई एकताबद्ध हुन आह्वान गरे ।

कार्यक्रममा नुवाकोट उद्योग वाणिज्य संघका द्धितिय उपाध्यक्ष सविनराज राजभण्डारीले मोवाइल व्यवसायीहरु करको दायरामा आएर राज्यलाई सहयोग गर्नुपर्ने बताए । उनले नुवाकोट उद्योग वाणिज्य संघमा मोवाइल व्यवसायी संघलाई दर्ता गर्न आग्रह गरे ।

यस्तै कार्यक्रममा नुवाकोट मोवाइल व्यवसायी संघका अध्यक्ष सरोज श्रेष्ठले आफ्नो कार्यकालमा नुवाकोटका सबै मोवाइल व्यवसायीहरुलाई एकजुट बनाएर अघि बढ्ने बताए ।

कार्यक्रममा विभिन्न सरोकारवाला निकायहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया