नुवाकोट क्रसर उद्योग संघको अध्यक्षमा चित्रकार
नुवाकोट । नुवाकोट क्रसर उद्योग संघको अध्यक्षमा विष्णुकुमार चित्रकार निर्वाचित भएका छन् ।

शनिवार भएको संघको चौथो अधिवेशनले चित्रकारको संयोजकत्वमा ७ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।
संघको उपाध्यक्षमा आत्मा श्रेष्ठ, सचिवमा संजोक दुराल र कोषाध्यक्षमा प्रकाश कुँवर निर्वाचित भएका छन् ।
यस्तै सदस्यहरुमा नवराज ढुङ्गाना, रामवावु जिसी र रमेश मिश्र चयन भएको निर्वाचन समितिले जनाएको छ ।

यस्तै संघको सल्लाहकारमा सुन्दर दुवाल, शिव अधिकारी, कृष्ण अधिकारी, राजाराम अधिकारी र राजेन्द्र श्रेष्ठ रहेका छन् ।
यसअघि संघको १२ औ साधारणसभा तथा चौथो अधिवेशनको उद्घाटन गर्दै नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघका केन्द्रिय उपाध्यक्ष देवराज लइटेलले सरकारले क्रसर उद्योग नविकरण नगरे बन्द गर्नुपर्ने बताए । उनले क्रसर नवीकरण नभए उद्योगको तालाचाबी सरकारलाई बुझाउने चेतावनी समेत दिए ।

यस्तै नुवाकोट क्रसर उद्योग संघका निवर्तमान अध्यक्ष शिव अधिकारीले क्रसर उद्योगबाट जिल्लामा धेरै राजस्व उठ्ने गरेपनि व्यवसायीहरुलाई राज्यले हेर्ने नजर फरक परेको बताए । उनले व्यवसायिक हक हितको लागि सबै व्यवसायीहरु एकजुट हुनपर्ने बताए ।
नुवाकोटमा अहिले झण्डै दुई दर्जनभन्दा बढी क्रसर उद्योग दर्ता भएका छन् तर ति क्रसर उद्योग २०७२ सालदेखि नविकरण भएका छैनन् ।
क्रसर उद्योग नविकरण नहुँदा काम गर्न असहज भएको व्यवसायीहरुले गुनासो गरेका छन् ।

- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोटमा महुली लघुवित्तको वित्तिय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न
नुवाकोट मोबाइल व्यवसायी संघको अध्यक्षमा श्रेष्ठ
नुवाकोट क्रसर उद्योग संघको अध्यक्षमा चित्रकार
नुवाकोट बारको अध्यक्षमा घिमिरे
देशभर बदली, वर्षा र हिमपातको सम्भावना





प्रतिक्रिया