नुवाकोटमा स्क्यान सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न
नुवाकोट । नुवाकोटमा सहकारिता अनुशिक्षण तथा स्क्यान अभिमुखीकरण कार्यक्रम शनिवार सम्पन्न भएको छ ।

नुवाकोट जिल्ला बचत तथा ऋण सहकारी संघको आयोजना तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को प्राविधिक सहकार्यमा अभिमुखीकरण तालिम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै नेफ्स्कूनका अध्यक्ष चन्द्र प्रसाद ढकालले परिवर्तित कानूनी बाध्यता र आउन सक्ने जोखिमलाई मध्यनजर गरी साकोस अभियानलाई सुरक्षित र दिगो संचालनको लागि स्क्यन कार्यक्रमको आवश्यता महसुस गरिएको बताए । उनले यो अभियानमा सबैलाई समेटेर साकोस अभियान सुरक्षित भएको प्रमाणीत गर्नु पर्ने उल्लेख गरे । उनले स्क्यान कार्यक्रम कार्यान्वयनमा सबैले सहयोग गर्ने विश्वास समेत व्यक्त गरे ।
कार्यक्रममा नुवाकोट जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष नारायण श्रेष्ठले नेफ्स्कून र नुवाकोट जिल्ला बचत तथा ऋण सहकारी संघको साझेदारी कार्यक्रम अन्र्तगत अभिमुखीकरण कार्यक्रम संचालन गरेको बताए ।
उनले स्क्यानको प्रभावकारी कार्यान्वयनको बताए । श्रेष्ठले नुवाकोट जिल्ला बचत संघ नुवाकोटमा रहेका साकोसहरुलाई सुरक्षित र दिगो बनाउने अभियानमा सबै प्रकारका सहयोग र समन्वय गर्न तयार रहेको प्रतिवद्धता समेत व्यक्त गरे ।
कार्यक्रममा जिल्ला सहकारी संघ नुवाकोटका अध्यक्ष शिव प्रशाद अधिकारी ,जिल्ला वहुउद्येश्यीय सहकारी संघ नुवाकोटका अध्यक्ष ईन्द्रमणि गैरेले स्क्यान कार्यक्रम कार्यान्वयनमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

स्क्यान अभिमुखिकरण कार्यक्रमलाई सौभाग्य भट्टराईले सहजिकरण गरेका थिए । उनले स्क्यान कार्यक्रमको आवश्यकता, विकास र प्रभावकारी कार्यान्वयनका विषयमा जानकारी दिएका थिए । सो अवसरमा उनले स्क्यान कार्यक्रम कार्यान्वयनमा सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।
कार्यक्रममा जिल्लाका विभिन्न १७ बचत तथा ऋण सहकारीका अध्यक्ष तथा व्यवस्थापक सहित ३० जनाकाे उपस्थिती रहेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोटमा स्क्यान सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न
कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित
प्रदेशलाई संघ सरकारबाट अड्चनै अड्चन
नुवाकोट, रसुवा धादिङका बस अब बसपार्कबाट मात्रै छुट्ने
नुवाकोटको बुद्धभुमी हाइड्रोपावरको हकप्रद शेयरमा आवेदन दिने अवधि थपियाे





प्रतिक्रिया