विदुरका कुषकलाई कृषि उपकरण वितरण गरियो

विदुर खबर २०८३ वैशाख १० गते २२:२२

नुवाकोट । विदुर नगरपालिकाले नगरपालिका भित्र रहेका कृषि सहकारी संस्थाका सदस्यहरुलाई विभिन्न यन्त्र उपकरणहरु उपलब्ध गराएको छ ।

Advertisement

बिहिबार नगरप्रमुख राजन श्रेष्ठ, उपप्रमुख प्रभा बोगटी लगायतले “मध्ये पहाडी मकैबाली प्रवद्र्धन” कार्यक्रम अन्र्तगत कृषि सहकारी संस्थालाई विभिन्न उपकरण हस्तान्तरण गरेका हुन् ।

विदुर नगरपालिकाको चालु आर्थिक वर्ष २०८२/८३ को बार्षिक स्विकृत कार्यक्रम अन्तरगत “पहाडी मकैबाली प्रवद्र्धन कार्यक्रमको छनोटमा परेका कृषि सहकारी संस्थाका सदस्यहरुलाई विभिन्न यन्त्र–उपकरण उपलब्ध गराइएको नगरप्रमुख श्रेष्ठले बताए ।

Advertisement

वितरण गरिएको सामाग्रीहरुमा मकै छोडाउने मेसिन १९ थान, मकै रोप्ने मेसिन -गुडाउने) ३ थान, विद्युतीय स्प्रेयर पम्प १७ वटा, डिजिटल तौल लिने काटा १ थान रहेको छ ।

यस कार्यक्रम अन्तरगत यसअघि मकैको बिउ वितरण गरिएको थियो भने आगामी दिनमा सिचाई पाईप, विषादी वितरण, सिचाई कुलो मर्मत/निर्माण लगायतका क्रियाकलाप संचालनको प्रक्रियामा रहेको छ ।

Advertisement

छनोटमा परेका विभिन्न ३ वटा सहकारी संस्था मार्फत संचालन भैरहेको यस कार्यक्रमको लागि सरकारी निकाय र किसान उपभोक्ताको समान ५० प्रतिशत साझेदारी रहने गरेर कुल लागत १४ लाख रुपैयाँ बराबर रहेको छ ।

यन्त्र वितरण कार्यक्रममा विदुर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष लेनिन रन्जित, वडा नम्बर ४ का वडाध्यक्ष निलमबाबु ढुङ्गेल र वडा नम्बर ५ का वडाध्यक्ष लिलानाथ न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया