नुवाकाेटकाे तारकेश्वरका जनप्रतिनिधि र कर्मचारीले आफ्ना बच्चा सामुदायिक विद्यालयमै पढाउनुपर्ने

विदुर खबर २०८३ वैशाख ९ गते २१:३९

नुवाकोट । तारकेश्वर गाउँपालिकाले सबै जनप्रतिनिधि, कर्मचारी, शिक्षक र स्वास्थ्यकर्मीले आफ्ना सन्तान सामुदायिक विद्यालयमा नै पढाउनु पर्ने निर्णय गरेको छ ।

Advertisement

बुधवार बसेको गाउँ कार्यपालिकाको बैठकमा अध्यक्ष शिव अधिकारीको प्रस्तावमा सो निर्णय गरिएको हो । निर्णय अनु्सार अबदेखि गाउँपालिकाका सबै जनप्रतिनिधि, गाउँपालिका मातहतका सबै वडा तथा कार्यालयका कर्मचारीहरू, विद्यालयका शिक्षक तथा कर्मचारीहरू र स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी तथा कर्मचारीहरूले आफ्ना सन्ततिलाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा अध्ययन गराउनुपर्ने भएको छ ।

सो निर्णय गाउँकार्यपालिकाबाट सर्वसहमत रुपमा गरिएको गाउँपालिकाका अध्यक्ष शिव अधिकारीले जानकारी दिए ।

Advertisement

सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर उकास्ने रणनीतिमा निरन्तर काम गरिरहेको गाउँपालिकाको यो निर्णय सोही अभियान अन्तर्गतको एक ठोस कदम भएको अध्यक्ष अधिकारीले बताए ।

अध्यक्ष अधिकारीले निर्णयको प्रभावकारी कार्यान्वयन, अनुगमन र मूल्याङ्कनका लागि सम्बन्धित शाखालाई निर्देशन समेत दिएका छन् ।

Advertisement

प्रतिक्रिया