संसदीय दलको नेता चयन गर्न मापदण्ड बनाउनुपर्छ : केसी
नुवाकोट । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले संसदीय दल नेता चयन गर्न मापदण्ड बनाउनुपर्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो बताएका हुन् ।

कांग्रेसले वैशाख २ गते संसदीय दलको नेताको निर्वगाचनको तालिका ल्याउने र ४ गते निर्वाचन गर्ने बताइसकेको छ । केसी आफैँ पनि संसदीय दलको नेताको आकांक्षी हुन् ।
यस्तो छ उनको भनाइ छ
प्रतिनिधिसभाको प्रमुख विपक्षी दल नेपाली कांग्रेस संसदीय दलको नेता चयनमा पार्टीभित्र बहस र बाहिर चासो हुनु स्वाभाविक हो। तर ‘को’ किन र ‘कस्तो’ नेता चाहिन्छ भन्नेमा हाम्रो स्पष्ट मापदण्ड तय हुनु आवश्यक छ।
मेरो कारणले ढिलाइ भयो भन्ने वा नाता र नेताका भास्य पनि बाहिर छ्याप्छ्यप्ती आएका छन्। यो असत्य र भ्रामक हो। मैले पार्टीभित्र र सार्वजनिक रूपमा नै भनिनै सकेको छु- सहमतिको मापदण्ड बनाऔं र सकेसम्म सर्बसम्मति गरौं। मेरो पूर्ण समर्थन हुनेछ।
सबैभन्दा युवालाई गरौं वा सबैभन्दा वरिष्ठलाई, प्रत्यक्ष वा समानुपातिक जुनसुकै प्रक्रियाबाट आएका भए पनि सांसद भएपछि विभेद उचित हुँदैन। तर पनि निर्वाचित नै गर्न हो भने निश्चित मापदणडको आधारमा योग्यतामा आधारित, न्यायोचित र तार्किक निर्णयमा पुगौं।
संसदीय दलको नेता केबल पद होइन, प्रभावकारी प्रतिपक्षी भूमिका निर्वाह गर्ने जिम्मेवारी हो। त्यसैले ढिलाइ होइन, परिपक्व र सक्षम निर्णय आवश्यक छ।

सहमति हुन नसके तत्काल निर्वाचनमार्फत निर्णय मा पुगौं, अब ढिलाइ नगरौं।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











संसदीय दलको नेता चयन गर्न मापदण्ड बनाउनुपर्छ : केसी
तारकेश्वरका स्वास्थ्य र शिक्षण संस्था आइतबार बन्द नहुने
नुवाकोट सुनचाँदी व्यवसायी संघको अध्यक्षमा पुन: बज्राचार्य
नुवाकोट क्रिकेट संघको छैठौँ वार्षिक साधारणसभा सम्पन्न





प्रतिक्रिया