तारकेश्वरका स्वास्थ्य संस्था आईतवार खोल्न अध्यक्ष अधिकारीको निर्देशन
नुवाकोट । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार पनि स्वास्थ्य संस्थाहरुलाई निरन्तर सेवा दिन निर्देशन दिएपछि नुवाकोटको तारकेश्वर गाउँपालिकाका स्वास्थ्य संस्थाहरु आईतवार पनि खोल्न अध्यक्ष शिव अधिकारीले निर्देशन दिएका छन् ।

शनिवार सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै अध्यक्ष अधिकारीले गाउँपालिकाको मातहतमा रहेका सबै स्वास्थ्य संस्थाहरु सधैँ आईतवार खोल्न निर्देशन दिएका हुन् ।
अध्यक्ष अधिकारीले स्वास्थ्य शाखा प्रमुख सहित सबै स्वास्थ्य कर्मीहरूलाई निर्देशन दिँदै – स्वास्थ्य नै धन हो हामी सबैले बुझौं) सबै स्वास्थ्य संस्थाको सेवा सुचारु गर्न भनेका हुन् । उनले स्वास्थ्य संस्थामा आईतवार पनि विदा व्यावहारिक नहुने बताए ।
सरकारले इन्धनको खपत घटाउनका लागि शनिबार र आइतबार बिदा दिने निर्णय गरेपनि आफ्नो पालिकामा त्यस्तो प्रभाव नपर्ने अध्यक्ष अधिकारीले बताए ।
हप्तामा दुई दिन सार्वजानिक बिदा हुँदा स्वास्थ्य सेवा अस्तव्यस्त हुने गुनासो आएसँगै सो निर्णय गरेको हो, अध्यक्ष अधिकारीले भने । अध्यक्ष अधिकारीले यो निर्णय सरकारको उल्लघन होइन , सार्वजनिक विदाका कारण स्वास्थ्य सेवा अवरुद्ध नहोस् भन्ने उद्देश्यले उक्त निर्णय गरिएको उनले बताए ।

यसअघि अधिकारीले विद्यालयहरुमा पनि आईतवार विदा नहुने र वैशाख २ गतेबाट विद्यालय संचालन गर्न पालिकाका सम्बनिधत शाखाहरुलाई निर्देशन दिइसकेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












तारकेश्वरका स्वास्थ्य र शिक्षण संस्था आइतबार बन्द नहुने
नुवाकोट सुनचाँदी व्यवसायी संघको अध्यक्षमा पुन: बज्राचार्य
नुवाकोट क्रिकेट संघको छैठौँ वार्षिक साधारणसभा सम्पन्न
नुवाकाेटकाे तारकेश्वरका विद्यालय आइतबार बन्द नहुने





प्रतिक्रिया