नुवाकोट सुनचाँदी व्यवसायी संघको अध्यक्षमा पुन: बज्राचार्य
नुवाकोट । नुवाकोट सुनचाँदी व्यवसायी संघको अध्यक्षमा पुन : भिमराज बज्राचार्य निर्वाचित भएका छन् ।

शनिवार विदुरमा भएको संघको १२ औ र १३ औ साधारणसभा तथा चौथो अधिवेशनले बज्राचार्यको नेतृत्वमा १० सदस्यीय नयाँ कार्यसमिति सर्वसहमत रुपमा चयन गरिएको हो ।
संघको उपाध्यक्ष्मा प्रदिप शाक्य रहेका छन् भने सचिबमा सबिन अमात्य र कोषाध्यक्षमा इश्वोर सुनार निर्वाचित भएका छन् ।
सदस्यहरुमा सैलेन्द्र बज्राचार्य, राजकुमार सुनार, सुजन बज्राचार्य र नानू गुरुङ रहेका छन् । शनिवार वसको संघको बैठकले सन्तोष सुनार र ईश्वर बिश्वोकर्मा – रोहित ) लाई सदस्यमा मनोनित गरिएको छ ।
यसअघि साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्दै विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले नगरपालिकाले व्यवसायीहरुलाई प्रर्वद्धन गर्दै अघि बढ्न स्थानिय सरकार तयार रहेको बताए । उनले पछिल्लो समय स्थानिय बजारमा उपभोत्ता ठगिने हल्ला सुनेकोले सरोकारवालाहरुले ध्यान दिनुपर्ने बताए ।

नगरप्रमुख श्रेष्ठले पछल्लिो समय सुनको मुल्यमा आएको बृद्धिले व्यवसायीहरु जोखिममा परेको बताए । उनले व्यवसायीहरुको सुरक्षाको लागि बजार क्षेत्रको विभिन्न स्थानमा सिसिटिभी जडान गर्न नगरपालिकाले सहयोग गर्ने बताए । नगरप्रमुख श्रेष्ठले व्यवसायीको केही समस्य भए स्थानिय सरकार सहयोग गर्न तयार रहेको समेत बताए ।
कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी संघ बाग्मति प्रदेश अध्यक्ष ज्योतिरत्न बज्राचार्यले बढ्दो सुनको मुल्यले व्यवसाय धरापमा परेको बताए । उनले सरकारले सुन व्यवसायको लागि छुट्टै कानुन निर्माण गर्नुपर्नेमा जोड दिए । उनले व्यवसायीहरुको क्षमता अभिवृद्धिको लागि आवश्यक तालिम दिन आफुहरु तयार रहेको उल्लेख गरे ।

अध्यक्षमा निर्वाचित भएका भिमराज बज्राचार्यले आगामी दिनमा व्यवसायीहरुको हकहितको लागि थप शसक्त भएर लाग्ने बताए । साथै स्थानिय सरकारसँग सहकार्य गरेर अघि बढ्ने समेत उनले प्रतिवद्धता व्यत्त गरे ।

नुवाकोट सुनचाँदी व्यवसायी संघमा अहिले जिल्लाका ६३ जना व्यवसायीहरु आवद्ध रहेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












तारकेश्वरका स्वास्थ्य संस्था आईतवार खोल्न अध्यक्ष अधिकारीको निर्देशन
नुवाकोट सुनचाँदी व्यवसायी संघको अध्यक्षमा पुन: बज्राचार्य
नुवाकोट क्रिकेट संघको छैठौँ वार्षिक साधारणसभा सम्पन्न
नुवाकाेटकाे तारकेश्वरका विद्यालय आइतबार बन्द नहुने
नुवाकोटको दुप्चेश्वरमा ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ हुने 





प्रतिक्रिया