नुवाकोटको ककनीमा टिफरको ठक्करबाट एक जनाको मृत्यु
विदुर खबर
२०८२ चैत २३ गते ११:३२

नुवाकोट । नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर १ कागतीमा टिफरको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ककनी गाउँपालिका वडा नम्बर १ कागतीका २९ वर्षिय सुजन बलामी रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
सोमवार विहान कागती गाँउ स्थित तिनपिप्ले ल्याण्डफिल्ड बन्चरेडाँडा जाने सडकखण्डको सडकको बिचमा उनी लडिरहेका छन् भन्ने जानकारी पाएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो ।
मृत अवस्थामा रहेका उनको शव हेर्दा सवारी साधनले ठक्कर दिएको जस्तो देखिएको रहेको प्रहरीले जनाएको छ ।
प्रहरीको टोलीले बा.प्र.०१–००३ क ७९७१ नम्बरको टिफर र टिफर चालक नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर १ का नविन बलामीलाई नियन्त्रणमा लिएको छ ।

Advertisement
घटनाको विषयमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पश्चिम एसियाको युद्धले नेपाली रोजगारी संकटमा: ‘घर फर्क’ भन्न थाले कम्पनी, सरकार सतर्क
नुवाकोटको ककनीमा टिफरको ठक्करबाट एक जनाको मृत्यु
अब दुई दिन सरकारी बिदा
नुवाकोटमा स्कुटर र्दुघटना हुँदा एक जनाको मृत्यु
रेग्मीको ‘अक्षरमा अनुभूति’ मुक्तक संग्रह लोकार्पण





प्रतिक्रिया