नुवाकोट क्षेत्र नम्बर २ मा रास्वपाका डा. लामिछाने विजयी

विदुर खबर २०८२ फागुन २३ गते १०:४८

नुवाकोट । नुवाकोट क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्धवार डा. अचुतम लामिछाने विजयी भएका छन् ।

Advertisement

यो समाचार तयार पार्दासम्म लामिछानेले ३० हजार ६ सय ५० मत ल्याएर फराकिलो अग्रता बनाएका छन् । त्यस्तै दोस्रो स्थानमा नेपाली कांग्रेसका जगदीश्वरनरसिंह केसीले १५ हजार २ सय २७ मत ल्याएका छन् । उनीहरुबिचको मतान्तर झण्डै १५ हजार भन्दा बढी रहेको छ ।

त्यस्तै तेस्रो स्थान रहेका एमालका उम्मेद्धवार केशव पाण्डेले ८ हजार एकसय १९ मत ल्याएर पछाइरहेका छन् । चौथो स्थानमा नेकपाका उम्मेद्धवार हिरानाथ खतिवडाले ६ हजार ५ सय २५ मत पाएका छन् ।

Advertisement

पाँचौ स्थानमा उज्यालो नेपाल पार्टीका ज्ञानेन्द्रप्रकाश घलेले २ हजार ६ सय ८३ मत पाएका छन् भने राप्रपाका झनक बहादुर प्याकुरेलले ७ सय ३८ मत पाएका छन् ।

अब विदुर नगरपालिका वडा नम्बर ९ को मात्र मत गणना हुन बाँकी रहेको छ भने बेलकोटगढी नगरपालिका, तारकेश्वर गाउँपालिका, म्यागङ गाउँपालिका, किस्पाङ गाउँपालिका मतगणना सम्पन्न भइसकेको छ ।

Advertisement

शुक्रवार सम्पन्न भएको मतगणनामा ६८ हजार एकसय २२ मत खसेको थियो । कुलमतमध्ये ३ हजार २ सय ६० मत बदर भएको छ ।

प्रतिक्रिया