नुवाकोट २ मा मेरो जित निश्चित भइसक्यो : केसी
नुवाकोट । नेपाली कांग्रेस नुवाकोट क्षेत्र नम्बर २ का उम्मेद्धवार जगदीश्वरनरसिंह केसीले नुवाकोट क्षेत्र नम्बर २ मा आफ्नो जित निश्चित भइसकेको बताएका छन् ।

शनिवार नेपाली कांग्रेस विदुर नगर कार्यसमितिले आयोजना गरेको मोटरसाईकल ¥यालीपछि आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।
केसीले नुवकोट क्षेत्र नम्बर २ मा आफ्नो जित निश्चित भइसकेको भन्दै आफु अन्य उम्मेद्धवार भन्दा झण्डै ५ हजारदेखि ७ हजार मतले अगाडी रहेको पनि दाबी गरे ।
केसीले २१ गते निर्वाचन भएपनि परिणाम हासिल गर्ने अन्तिम अवस्थामा पुगेको बताए । उनले नुवाकोट क्षेत्र नम्बर २ मा आफ्नो प्रतिष्पर्धी कोही पनि नदेखिएको भन्दै आफु नै सर्वदलिय उम्मृद्धवार हो कि भन्ने अनुभुति समते भइरहेको बताए ।

फरक प्रसंगमा केसीले नुवाकोटमा विगतमा कांग्रेसमा देखिएको केसी र महत पक्षको विवाद समाधान भइसकेकोले पार्टी एक ढिक्का भएको बताए ।
नुवाकोटमा कांग्रेस एकढिक्का भइसक्यो, अव दुबै क्षेत्र जित्ने पक्का छ जनताले साथ दिनुहुनेछ भन्ने विश्वास लिएको छु केसीले भने ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












सुशासन र समृद्धिको आकांक्षा सम्बोधन गर्ने बजेट आयो : सञ्चारमन्त्री डा.तिमिल्सिना
सरकारी कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि
दुप्चेश्वरको एक सामाजिक संस्थालाई खड्काको सहयोग
आज १९ औँ गणतन्त्र दिवस, देशभर भव्य रूपमा मनाइँदै
गुर्जेभन्ज्याङमा ईभी कार र्दुघटना, तीनजना घाइते





प्रतिक्रिया