नुवाकोटको किस्पाङमा कांग्रेसका एकसयभन्दा बढी कार्यकर्ताले पार्टी छाडे

विदुर खबर २०८२ फागुन १५ गते २०:१५

नुवाकोट । नेपाली कांग्रेसको गठ मानिएको किस्पाङ गाउँपालिकामा कांग्रेसलाई गम्भीर धक्का लागेको छ ।

Advertisement

नेपाली कांग्रेसका सह-महामन्त्रि तथा बाग्मति प्रदेशका निर्वतमान मुख्यमन्त्रि बहादुरसिंह लामाको गाउँ रहेकाे किस्पाङमा शुक्रवार एकैदिन कांग्रेसका एकसय भन्दा बढी नेता तथा कार्यकर्ताहरुले पार्टी छाडेका छन् ।

कांग्रेस छाडेका उनीहरूले एकैपटक उज्यालो नेपाल पार्टी प्रवेश गरेका हुन् । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले उनीहरुलाइ पार्टी प्रवेश गराएका हुन् ।

Advertisement

पार्टी परित्याग गर्नेमा रास्वपाका कार्यकर्ताहरु समेत रहेको उज्यालो नेपाल पार्टी नुवाकोट क्षेत्र नम्बर २ का उम्मेद्धवार रहेका ज्ञानेन्द्र प्रकाश घलेले जानकारी दिए ।

उनीहरुलाई पार्टी अध्यक्ष घिसिङले पार्टी प्रवेश गराएका हुन् । पार्टी प्रवेश कार्यक्रममा बोल्दै घिसिङले आफुहरु नै नयाँ पार्टी रहेको भन्दै परितर्वनको लागि अघि सरेको बताए । उनले अहिले भाषण कम र काम बढी गर्नुपर्ने बताए ।

Advertisement

घिसिङले देशको संविधानको रक्षा गर्दे न्यायको बाटोमा अघि बढ्नुपर्ने बताए । उनले नुवाकोट क्षेत्र नम्बर २ मा ज्ञानेन्द्र प्रकाश घलेलाई मत दिनु भनेकै आफुलाई मत दिए सरह भएको बताए ।

कार्यक्रममा विभिन्न नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया