प्रथम वडास्तरीय मेयर कप फुटवल प्रतियोगिता आजबाट शुरु हुँदै

विदुर खबर २०८२ फागुन २ गते ८:१९

नुवाकोट । विदुर नगरपालिका वडा नम्बर ६ महारानीडिहीमा आजबाट प्रथम वडास्तरीय मेयर कप फुटवल प्रतियोगिता शुरु हुँदै छ ।

Advertisement

प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टोली वडा नम्बर ६ ले वडा नम्बर ७ सँग प्रतिष्पर्धा गर्नेछ ।

न्यु ईनारपाटी युवा क्लबको आयोजना तथा विदुर नगरपालिकाको संरक्षकत्वमा हुन लागेको प्रतियोगिता आगामी फागुन ९ गतेसम्म संचालन हुने छ । प्रतियोगिताको विजेताले एकलाख र उपविजेताले ५० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिताका संयोजक जीवन कुमालले जानकारी दिए ।

Advertisement

प्रतियोगितामा उत्कृष्ट गोलरक्षक, उच्च गोलकर्ता, उत्कृष्ट खेलाडी , उत्कृष्ट डिफेन्स र राइजिङ प्लयर्सलाई नगद पुरस्कार,ट्रफी र प्रमाणपत्र पाउने न्यु ईनारपार्टी युवा क्लबका अध्यक्ष धिरज सापकोटाले बताए ।

प्रतियोगितामा विदुर नगरपालिकाभित्र रहेका ११ वडाको सहभागिता रहेको छ । प्रतियोगितामा सहभागीताको लागि खेलाडीले आफ्नै वडाबाट मात्र खेल्न पाउनेछन् भने विदुर नगरपालिका वाहिरका अन्य ३ जना खेलाडी खेलाउन पाइने बताइएको छ ।
प्रतियोगिताका खेलहरु विदुर नगरपालिका वडा नम्बर ६ महारानीडिहीमा रहेको वडा कार्यालय पछाडी रहेको खेल मैदानमा संचालन हुनेछ ।

Advertisement

प्रतियोगितामा जिल्ला फुटवल संघ नुवाकोट, चालिसे सप्लायर्स, अन्नपुर्ण निर्माण सेवा, नुवाकोट मिट मार्ट, चण्डीपोखरी च्याउ फर्म, अर्याल पोल्ट्री सप्लायर्स र ईनारपाटी क्याटरिङ सर्भिस सहयोगी संस्थाको रुपमा रहेका छन् ।

प्रतियोगिताको ड्र सार्वजनिक

यसैबिच आजबाट शुरु हुन लागेको प्रतियोगिताको ड्र सार्वजनिक गरिएको छ ।

आयोजक न्यु ईनारपाटी युवा क्बलले एक कार्यक्रमको आयोजना गरेर प्रतियोगिताको ड्र सार्वजनिक गरेको छ । जस अनुसार समुह ए मा वडा नम्बर ४, वडा नम्बर १२ र वडा नम्बर १३ रहेका छन् ।

त्यस्तै समुह बि मा वडा नम्बर २, वडा नम्बर ३ र वडा नम्बर ५ रहेका छन् भने समुह सि मा वडा नम्बर ८, वडा नम्बर ९ र वडा नम्बर १० रहेका छन् ।

यस्तै समुह डि मा वडा नम्बर ६ र वडा नम्बर ७ रहेका छन् । उनीहरु सिधै वाई पाएर अघिल्लो चरण प्रवेश गरिसकेका छन् समुह विजेता छनोटको लागि उनीहरुबिच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया