नुवाकोटको बेलकोटमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु

विदुर खबर २०८२ माघ २९ गते १२:१२
सांकेतिक तश्वीर ।

नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका-७ खाल्टे स्थित त्रिशुली सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

Advertisement

बुधबार साँझ करिब ८:५५ बजे त्रिशुलीबाट गल्छीतर्फ जाँदै गरेको बा ८४ प ४२९० नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई सडकबाट करिब ५/६ मिटर तल खोल्सामा खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालक बेलकोटगढी-७ कै करिब २० वर्षीय सचिन कुँवर गम्भीर घाइते भएका थिए। टाउकोमा गम्भीर चोट लागेका उनलाई उपचारका लागि तत्काल त्रिशुली अस्पताल पठाइएको थियो ।

Advertisement

उपचारका क्रममा राति करिब ९:२५ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी तारुकाको टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान गरिरहेको छ। दुर्घटनामा मोटरसाइकल पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने शव अस्पतालमै राखिएको छ।

Advertisement

प्रतिक्रिया