प्रथम वडास्तरीय मेयर कप फुटवल प्रतियोगिताको तयारी तिव्र

विदुर खबर २०८२ माघ २३ गते ८:२९

नुवाकोट । विदुर नगरपालिका वडा नम्बर ६ महारानीडिहीमा आगामी फागुन २ गतेबाट ९ गतेसम्म हुने प्रथम वडास्तरीय मेयर कप फुटवल प्रतियोगिताको तयारी तिव्र पारिएको छ ।

Advertisement

विदुर नगरपालिका वडा नम्बर ६ को कार्यालयको आयोजना तथा न्यु ईनारपाटी युवा क्लबको सह आयोजनामा हुन लागेको प्रतियोगिताको संरक्षकमा विदुर नगरपालिका रहेको छ ।

प्रतियोगिताको विजेताले एकलाख र उपविजेता ५० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजक विदुर नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष श्यामकृष्ण चालिसेले जानकारी दिए ।

Advertisement

त्यस्तै प्रतियोगितामा उत्कृष्ट गोलरक्षक, उच्च गोलकर्ता, उत्कृष्ट खेलाडी , उत्कृष्ट डिफेन्स र राइजिङ प्लयर्सलाई नगद पुरस्कार,ट्रफी र प्रमाणपत्र पाउनेछन् ।

प्रतियोगिताको लागि अहिले मैदान सम्माउने तथा आवश्यक माटो भर्ने काम भइरहेको छ । प्रतियोगिताको लागि मैदानलाई खेल योग्य र आकर्षक बनाउन स्थानिय युवाहरु यतिवेला लागिपरेका छन् ।

Advertisement

प्रतियोगितामा विदुर नगरपालिकाभित्र रहेका सबै १३ वट्टै वडाको सहभागिताको लागि पहल भइरहेको विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले जानकारी दिए । उनले नगरपालिकाले खेलकुद क्षेत्रलाई विशेष प्राथमिकतामा राखेकोले विभिन्न खेलकुद प्रतियोगितामा लगानी गरिरहेको बताए ।

प्रतियोगितामा सहभागीताको लागि खेलाडीले आफ्नै वडाबाट मात्र खेल्न पाउनेछन् भने विदुर नगरपालिका वाहिरका अन्य ३ जना खेलाडी खेलाउन पाइने बताइएको छ ।

मैदानमा पानी छर्कदै विदुर नगरपालिकाको दमकल ।

प्रतियोगिताको लागि अहिले ११ टिमको सहभागिता पक्का भइसकेको छ भने थप वडालाई समेत सहभागिताको लागि पहल गरिरहेको मेयर श्रेष्ठले जानकारी दिए ।

प्रतियोगिताका खेलहरु विदुर नगरपालिका वडा नम्बर ६ महारानीडिहीमा रहेको वडा कार्यालय पछाडी रहेको खेल मैदानमा संचालन हुनेछ ।

प्रतियोगितामा जिल्ला फुटवल संघ नुवाकोट, चालिसे सप्लायर्स, अन्नपुर्ण निर्माण सेवा, नुवाकोट मिट मार्ट, चण्डीपोखरी च्याउ फर्म, अर्याल पोल्ट्री सप्लायर्स र ईनारपाटी क्याटरिङ सर्भिस सहयोगी संस्थाको रुपमा रहेका छन् ।

प्रतिक्रिया